युनाईटेड क्लवको आयोजनामा सेती खोंचमाथी बृहत बहस

  • ख-
  • ख+

पोखरा ।
युनाईटेड क्लवको १२ औ वार्षिकोत्सवको अवसर पारी पोखरामा सेती खोंच एक पर्यटकीय गन्तब्य विषयक अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थापना कालदेखी पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटकीय गन्तब्यका लागि खुल्ला चिडियाखाना निर्माणको अवधारणा सहित सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहेको युनाईटेड क्लवले वार्षिकोत्सवको पूर्व सन्ध्यामा साताब्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन सेती नदी खोंच एक पर्यटकीय विषयक वृहत अन्तरक्रियाको आयोजना गरेको हो । 
अन्तरक्रिया कार्यक्रममा वोल्दै वातावरण विद, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त योजनाका सदस्य माननीय जुद्ध बहादुर गुुरुङले युनाईटेड क्लव संग १० वर्षदेखी नजिक रहेको र क्लवले शुरुमा चिडियाखानाको अवधारणा ल्याउदा आफुलाई विश्वास नलागेको र पछि क्लवले दृढ संकल्प र इच्छा शक्ति बाट आफु प्रभावित बनेको बताए ।

चिडियाखाना निर्माणको क्रममा आफुले पनि सल्लाह सुझाव दिएको र अहिले सात वटै प्रदेशमा चिडियाखाना निर्माण गर्ने राज्यको नीति बनेको वताउदै यसको श्रेय पनि युनाईटेड क्लवलाई नै जाने उनको भनाइ रहेको थियो  । सेती नदीको गल्छीले पनि क्लवको पहलमा छिट्टै एक साहसिक पर्यटकीय गन्तब्य बन्नेमा विश्वस्त रहेको वताउदै आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने वताउदै राज्यले गर्नुपर्ने काम क्लव स्तरबाट शुरु भएकोले युनाईटेड क्लव परिवारलाई धन्यवाद ब्यक्त गरे ।

प्रमुख वक्ता भुगोलविद प्रा. डा. कृष्ण केसीले अन्नपूर्ण हिमाल देखी तनहुको भिमाद सम्मको वृत्तचित्र प्रस्तुत गर्दै सेती गल्छीलाई साहसिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गरी उक्त ठाउलाई भुगोलको विद्यार्थीलाई अध्ययन केन्द्रको रुपमा बिकास गर्न सकिने वताए । कोही कसैले चासो नदेखाएको सेती गल्छीको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोमा क्लव परिवारलाई केसीले धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा आफुले समेत सेती नदीको गल्छीलाई पर्यटकीय गन्तब्य निर्माण गर्ने काममा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लवको पहलमा पोखरामा खुल्ला चिडियाखाना निर्माणको कार्य सुरु भइसकेको र हाल निर्माणकार्य जारी भइरहदा क्लवले लिएको अर्को उद्देश्य सेती नदी संरक्षण संगै सेती नदीलाई एक उत्कृष्ट पर्यटकीय गन्तब्य निर्माण गर्नका लागी सानो पहलकदमी थालनी स्वरुप अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको वताउदै आगामी दिनमा पोखराको बीच भागबाट बग्ने सेतीनदीलाई कुनैपनि हालतमा उत्कृष्ट पर्यटकीय गन्तब्य निर्माण गर्न आफुहरुले कुनैपनि कसुर बांकी नराखी सम्बन्धित निकाय संग समन्बय गरेर अगाडी बढ्ने बताए ।

क्लवका अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले पोखरामा युनाईटेड क्लवको पहलमा जसरी चिडियाखानालाई एउटा प्रकृयाबाट प्रदेश सरकारलाई जिम्मा लगाइ डिभिजन बन कार्यालय कास्कीको मातहतबाट सञ्चालनको कार्य भएको छ त्यसरीनै सेती गल्छीलाई पनि यसको सम्भाब्यता अध्ययन गरी एक साहसिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने क्लवको उद्देश्य रहेको बताए ।

क्लवका सचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रममा प्रा.डा. ईन्द्र तिवारी, प्रा.डा.कृष्ण प्रसाद पौडेल, भूगर्वविद सोमनाथ सापकोटा, सह प्रध्यापक रामजी पोख्रेल, नागरिक समाजका अभियनता राम बहादुर पौडेल, यूवा ब्यवशायी तथा पर्यटनकर्मी अनिल थापा म समेतले आफ्नो धारणा राखेका थिए ।  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्