पुम्दीकाेटमा महायज्ञकाे तेस्राे दिनमस्म ७७ लाख रुपैयाँ संकलन

  • ख-
  • ख+

पाेखरा । पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञकाे तेस्राे दिनसम्म ७७ लाख रुपैयाँ संकलन भएको छ ।

आईतवारदेखि शुरु भएको शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत मंगलबारसम्म ७७ लाख ८१ हजार रुपैयाँ संकलन आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए ।

पुम्दीकोट कोट विकास समितिको आयोजनामा जारी
महायज्ञको तेश्रो दिन ३० लाख ८१ हजार संकलन भएको आर्थिक उपसमिति सदस्य भवनराज बरालले जानकारी दिए ।

आज पोखरा न्यूरोडको सिटिजन फर्निचर ट्रेड लिंक प्रा.लि.बाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त भएको छ ।

काठमाण्डौं निवासी दील कुमारी देवकोटाबाट २ लाख २५ हजार, पोखरा ८ घर भई हाल अमेरीका रहेका अर्जुन ढकाल र बिष्णु बरालबाट २ लाख २५ हजार प्राप्त भएको समितिले जनाएको छ ।

त्यसै गरी पोखरा ४ निवासी हाल अमेरीका रहेका विकास पराजुली र सृजना बराल पराजुलीबाट २ लाख २५ हजार, कास्कीको अन्नपूर्ण गाउँपालिका ३ निवासी कुशुम कुमार पौडेलबाट २ लाख २५ हजार ५ सय ५५ रुपैया संकलन भएको छ ।

त्यसै गरी कास्कीको माछापुच्छ«े गाउँपालिका ६ धिताल निवासी मदन पौडेल र नानुमाया बराल (पौडेल) बाट २ लाख २५ हजार, पोखरा २२ कै धुर्वतारा आमा समुहबाट १ लाख २७ हजार १ सय २५, काठाण्डौंको बनस्थली निवासी नरेशराज घिमिरेबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ संकलन भएको छ ।

दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गर्ने गरिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए ।

बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन हुने गरेकोे समितिका उपाध्यक्ष हिमलाल बरालले बताए ।

महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्