पुुम्दीकोटमा जारी महायज्ञमा जान आउन नि:शुल्क वसकाे सुविधा,चाैंथाे दिनसम्म ८४ लाख संकलन

  • ख-
  • ख+

पाेखरा । पर्यटकीय क्षेत्र पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा श्रद्वालु भक्तजन तथा सहयाेगी दाताहरुलाई जान आउनकाे लागि नि:शुल्क यातायातकाे व्यवस्था गरिएकाे छ ।

पुम्दीकोट कोट विकास समितिले भक्तजन तथा सहयाेगिहरुकाे सुविधालाईलाई ध्यानमा राखेर यातायनतकाे व्यवस्था गरेकाे जनाएकाे छ । जसअनुसार

पोखराको पार्दी विरौटा(बराल फिड) बाट पुम्दीकोटसम्म जान बिहानः ९ः३० बजे, १०ः०० बजे, १०ः५० बजे, ११ः२० बजे, १२ः०० बजे र १२ः४० बजे पोखराको पार्दी देखि बस छुट्ने र पुम्दीकोटबाट पोखरा पार्दीसम्म दिउँसो २ः०० बजे, ३ः०० बजे, ४ः०० बजे र अन्तिम बस ५ः०० बजे छुट्ने यातायात व्यवस्थापन उपसमिति संयोजक भानुभक्त बरालले जानकारी दिए ।

यसैगरि शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सवअन्र्तगत बुधबारसम्म ८४ लाख रुपैयाँ संकलन भएको महायज्ञका आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए ।

महायज्ञको चौंथो दिन करिब ७ लाख रुपैयाँ मात्र संकलन भएको समितिले जनाएको छ । बुधबार महायज्ञमा पोखरा २२ की रमा बरालबाट २ लाख ५१ हजार प्राप्त भएको छ ।

त्यसै गरी पोखरा २२ कै तोया देवि बरालबाट ५० हजार ५५, स्थानियलक्ष्मी प्रसाद बरालबाट ५० हजार १ रुपैया प्राप्तभएको आर्थिक उपसमिति सदस्य बरालले बताए ।

महायज्ञमा मुख्य वाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन् ।

दाताहरुलाई महायज्ञ स्थलमापन्चे बाजागाँजा सहितभजन चुड्काको साथमाअभिनन्दन सहित सम्मानगर्ने गरिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । 

महायज्ञमा विहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कथाप्रर्वचन, झाँकी प्रर्दर्शन हुने गरेकोे उनले जानकारी दिए ।

उक्त महायज्ञमा पोखरा र पोखरा आसपासका आमा समुह तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुकाे उत्साहजनक रुपमा सहभागि हुने गरेको समितिले जनाएको छ । महायज्ञ १२ गतेसम्म चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्