पुुम्दीकोटमा जारी महायज्ञमा ३ करोड ३७ लाख रुपैयाँ संकलन,आज समापन गरिदै

  • ख-
  • ख+

पोखरा । पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ३ करोड ३७ लाख रुपैयाँ संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए ।

महायज्ञको नवौं दिन सोमबार मात्र करिब १ करोड २३ लाख रुपैयाँ संकलन भएको बरालले बताए । महायज्ञमा काठमाण्डौं निवासी रविन पुरीबाट २५ लाख १ हजार १ रुपैयाँ प्राप्त भएको छ । रानिवन राष्ट्रिय प्रा.लि.का विजय बाबु ओझाबाट ५ लाख ५ सय ५, पोखराका उद्योगपती हरि पाण्डेबाट ५ लाख, रेडि मिक्स प्रा.लि.का बल बहादुर रानाबाट ५ लाख ५, विश्व शान्ति बिज्ञान समाज परिवारका आचार्य राजन शर्मा ५ लाख १ हजार १ सय १, पोखरा १७ निवासी हिर तुलाचनबाट ३ लाख १, पोखरा ८ की टिकादेवि सुवेदीबाट २ लाख २५ हजार रुपैया महायज्ञमा सहयोग प्राप्त भएको छ । त्यस्तै पोखरा २ निवासी सुर्य इश्वरी श्रेष्ठबाट २ लाख २५ हजार, भारतको रक्स्यौलका अरुण मिश्रबाट २ लाख २५ हजार, सिन्धुलीका मानबहादुर मोक्तान २ लाख २५ हजार, स्थानिय सिता देवि आचार्य बरालबाट २ लाख २५ हजार ४५ महायज्ञमा सहयोग प्राप्त भएको छ ।

पोखरा ९ पृथ्बीचोक निवासी गुन्जबहादुर बि.क.बाट २ लाख २५ हजार १, वुटवलका राजु् पाण्डेबाट २ लाख २५ हजार ५ सय २५, पोखरा १७ ड्यामसाइडका दीलीप शेरचनले २ लाख, पोखराको एस.के. साउण्डका संचालक शेर बहादुर गुरुङबाट २ लाख २५ हजार, पोखरा १० का पृथ्बीराज तिमिल्सिनाबाट २ लाख २५ हजार, पोखरा ७ मासवारका बिष्णु हरी बरालबाट २ लाख २५ हजार, स्थानिय लिलाधर बराल÷रमादेवि बरालबाट २ लाख ९ हजार ४ सय ४५ रुपैया महायज्ञमा प्राप्त भएको समितिले जनाएको छ । त्यस्तै वुटवलका सुर्य बहादुर भट्टराईले २ लाख २५ हजार, पोखरा १७ डेभिड फल्स निवासी तिल विर सेन्चुरीबाट २ लाख २५ हजार, काठमाण्डौंका जानुका सुवेदीबाट २ लाख २५ हजार, काठमाण्डौंकै अम्बिका पौडेलबाट २ लाख २५ हजार, मादी ५ तितेपानीका बिष्णुप्रसाद सुवेदीबाट २ लाख २५ हजार ५ सय ५५ रुपैया महायज्ञमा सहयोग प्राप्त भएको छ ।

पोखरा ८ का राम प्रसाद बतासबाट १ लाख, पोखरा २२ कालिमाटीका कर्ण गुरुङबाट १ लाख १५ हजार, पोखरा १७ का डिल्लिराम शर्मा पौडेलबाट १ लाख १, पोखरा १७ विरौटाका भरत गिरीबाट १ लाख १ हजार ११, काठमाण्डौं वसुन्धराका किसमत तिमिल्सिनाबाट १ लाख ८ हजार १ सय ८, पोखरा ९ बास्तोलाथरको शुभ मुन लाइट ग्याँस हाउसबाट १ लाख १ हजार १ सय ११, पोखरा १७ ड्यामसाइडका दीलिप शेरचनबाट १ लाख महायज्ञमा सहयोग गरेका हुन्। त्यस्तै पोखरा २२ भ्यू प्वाइन्टका युवराज बरालबाट १ लाख १ हजार १ सय ११, पोखरा १७ विरौटाका गोकर्ण सुवेदीबाट १ लाख ३२ हजार २५, पोखरा २२ कोदीका बाबुराम बरालबाट १ लाख १३ जहार ८ सय ८९, नारायणगढका शिरद श्रेष्ठबाट १ लाख महायज्ञका आर्थिक सहयोग प्राप्त भएको आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए ।

दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गरिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन्। मंगलबार दाता सम्मान सहित उक्त महायज्ञको औपचारिक रुपमा समापन हुने भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्