श्रीमान-श्रीमती कसरी सुत्ने ? यसो भन्छ वस्तुशास्त्र !

  • ख-
  • ख+

वास्तुशास्त्रका अनुसार दम्पतीबिचको सम्बन्ध प्रगाढ नहुनुको कारण वास्तुदोष भएको बताएको छ। जसको कारण दम्पतीबिचमा मात्र नभएर परिवार, समाज र आफन्तहरुबिचमा पनि सम्बन्ध राम्रो हुन सक्दैन् । शास्त्रमा उल्लेख भएअनुसार सुत्ने कोठाको बारेमा केहि नियमको पालना गरेमा यस्ता समस्या हल भएर जाने बताइएको छ ।

सबै दम्पतीको चाहना आफू र आफ्नो परिवारमा कुनै पनि किसिमको समस्या सिर्जना नहोस् भन्ने हुन्छ, यसको लागी वास्तुशास्त्रमा ध्यान केन्द्रित गरी यसरी अघि बढ्नुहोस् ।

१.बेडरुम :

वास्तुशास्त्रको अनुसार सम्बन्ध राम्रो बनाउनको लागी बेडरुम दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्दछ । यदि तपाईको उक्त दिशामा बेडरुम छैन् भने यहि कारणले पनि सम्बन्ध बिग्रिएको हुनसक्दछ । त्यसैले यसतर्फ ध्यान दिनुहोस्, तर भुलेर पनि उत्तर पूर्व वा दक्षिण पूर्व दिशामा रहेको कोठोलाई भने बेडरुम नबनाउनु होला ।

२.सुत्ने दिशा:

कोठा छनोट गरेसगैं कुन दिशामा फर्केर सुत्ने भन्ने पनि एक महत्वपूर्ण कुरा हो । विवाहित जोडिहरुले जहिले पनि दक्षिण तर्फ टाउँको देखाएर सुत्नुपर्दछ, किनकि दक्षिणतर्फ टाउँको देखाई सुत्नाले यसतर्फबाट सकारात्मक चुम्बकीय उर्जा पाइन्छ, जसकोबाट निन्दा, उर्जा, रक्तसञ्चारमा कुनैपनि किसिमको असर पुग्दैन् ।

३.ऐना:

बेडरुमको ठिक अगाडी वास्तुशास्त्रमा ऐना राख्न नहुने कुरा बताइएको छ । यदि सुत्ने कोठाको बेडको अगाडी ऐना छ भने प्रतिबिम्ब देखिने कारणले यसले असर गर्दछ । जसको कारण दम्पतीमा धेरैने समस्या उत्पन्न हुनसक्ने कारण भुलेपनि यस्तो ठाउँमा ऐना राख्नुहुदैन् ।

४.कस्तो बेड:

वास्तु शास्त्रको अनुसार सुत्ने बेड कहिले पनि मेटल वा फलामबाट बनेको हुनु हदैन् । यदि यस्तो बेडमा सुतेमा दम्पती बिच तनाव सिर्जना हुनसक्छ अत तनाव कम र्नको लागी काठको बेडको प्रयोग गर्नुपर्दछ, जुन सहि आकारको हुन पनि जरुरी छ ।

५.सुत्ने कोठाको रंग :

कोठाको रंगले पनि दम्पतीमा असर गर्ने कुरा वास्तु शास्त्रले बताएको छ । बेडरुममा सधैं हल्का रंगको प्रयोग गर्नुहोस् । जस्तैःहल्का निलो, हरियो वा गुलाबी रंग ।

६. कुन साइडमा सुत्ने :

दम्पती आफू जता मनलाग्यो त्यतै साइडमा सल्लाह गरेर सुत्ने गर्दछन् । तर वास्तुशास्त्रको अनुसार श्रीमती जहिले पनि बायाँ साइडमा सुत्ने गर्नुपर्दछ भने श्रीमान् दाया साइडमा सुत्नुपर्दछ । यसले दुईजनाको सम्बन्धलाई समुधुर बनाउँछ ।

७.डस्ना :

अंधिकाश दम्पतीको दुईवटा डस्नाको प्रयोग गर्ने बानी हुन्छ, शास्त्रमा एउटा बेडमा एउटा मात्र डस्ना प्रयोग गर्नुपर्ने बताइएको छ । यसो गर्नाले विवाहित जोडिमा सकारात्मक उर्जा ल्याई सम्बन्ध प्रगाढ बनाइदिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्