मादीका एमाले उम्मेद्वारलाई गुरुङ चलचित्रकर्मीको शुभकामना ।  

  • ख-
  • ख+

पोखरा ।

कास्कीको मादी गाउँपालिकाका नेकपा एमालेका उम्मेद्वारहरुलाई गुरुङ चलचित्रकर्मीहरुले जितको शुभकामना दिएका छन् ।

आइतवार मादी २ ताङतिङमा आयोजित चुनावी सभामा चलचित्रकर्मीहरु उपस्थित भएर शुभकामना दिएका थिए । गुरुङ फिल्म एसोसियसन नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ कलाकार माओत्से गुरुङ, गुरुङ फिल्म एसोसियसन नेपालका निवर्तमान अध्यक्ष भोजबहादुर गुरुङ, डिबी गुरुङ, ओम प्रकाश गुरुङ, सुर्य सुनार, अर्जुन गुरुङ उपस्थित भएका थिए । कार्यक्रममा फुलको माला लगाएर शुभकामना व्यक्त गरेका थिए ।

गुरुङ फिल्म एसोसियसन नेपालका निवर्तमान अध्यक्ष भोज बहादुर गुरुङले मादीका उपप्रमुख पदका उम्मेदवार कल्पना गुरुङ कलाकारिताबाट अगाडि बढ्दै राजनितिमा आउदा खुसी लागेको र उनैको टिमलाई शुभकामना दिन ताङतिङसम्म आएको बताए ।’अहिले देश भरि नै कलाकारहरु राजनितिमा प्रवेश गर्ने क्रम छ र हाम्रै गुरुङ कलाकार उपप्रमुख जस्तो पदको टिकट पाएको छ । गर्वकुरा हो ।’ उनले भने,’ उहाँ जस्तो कलाकारिता बुझ्ने मान्छेले जितेमा चलचित्र विकासमा टेवा पुग्नेछ ।’


चुनावी सभामा कलाकर पुरण गुरुङले गीत प्रस्तुत गरेका थिए । गीत प्रस्तुत गरे पछि उनले ताङतिङ कलाकारको उर्वर भुमी मात्र नभईनेता जन्माउने उर्वर भुमी बनेको बताए । जसले गर्दा ताङतिङका चेलीको टिमलाई जिताउन स्थानिय मतदातालाई अनुरोध गरे । मादी गाउँ पालिकाको उपप्रमुखको उम्मेद्वार कल्पना गुरुङ लामो समय गुरुङ चलचित्रमा क्षेत्रमा क्रियाशील थिए ।

मादीमा नेकपा (एमाले)बाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) संगै उपप्रमुखमा कल्पना गुरुङ, मादी १ मा उमरबहादुर गुरुङ, २ माएकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल एमालेबाट उम्मेद्वार छन् । एमालेले मादी २ का गाउँहरु ताङतिङ, सेतीखोला, रोहि गाउँ र घ्याम्रङमा आइतवार घरदैलो र चुनावी सभा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्