पाेखरा ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्ताेलाले गरे पत्रकार कञ्चन थापालाई दुर्व्यवहार

  • ख-
  • ख+

पाेखरा  । पाेखरा महानगरपालिका वडा नम्वर ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्ताेलाले पत्रकार कञ्चन थापालाई दुर्व्यवहारकाे प्रयास गरेका छन् ।

वडा नम्वर ४ मा रहेकाे मतदान स्थल नवीन माविमा एक जना वृद्व आमालाई मतदान गर्न काँग्रेसी कार्यकर्ताले तानातान गरेपछि शुरु भएकाे झगडाकाे फाेटाे भिडियाे खिच्ने र झगडा मिलाउने क्रममा निवर्तमान वडाध्यक्ष तथा काँग्रेश नेता शंकर बास्ताेलाले पत्रकार थापालाई दुर्व्यवहार गरेका हुन् ।

मास्क लगाएर बस्नुभएकाे वृद्व आमा

उनले पत्रकारकाे ज्याकेट खाेल भन्दै धम्की दिनुका साथै हातपात गर्न खाेजेकाे पत्रकार थापाले बताईन् । उनले भनिन:-” अरु व्यक्तिहरुले नराेक्नुभएकाे भए उहाँले मलाई हात हाल्नुहुन्थ्याे, अरुले शंकरजी समातेर म जाेगिए ।“https://fb.watch/cZUraU76YF/

आफू वृद्व भएर एक्लै भाेट हाल्न नसक्ने भएपछि छाेरीलाई सँगै लिएर मतदान गर्न आएकी आमालाई काँग्रेशका कार्यकर्ताले भाेट हाल्न लैजान तानातान गर्दा झगडाले उग्र रुप लिएकाे पत्रकार थापाले बताईन् ।https://fb.watch/cZUvlVu28w/

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्