हुम्लाका दुई विद्यालयमा नियमित पठनपाठन

  • ख-
  • ख+

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई विद्यालयमा बन्दाबन्दीका बेला पनि नियमित पठनपाठन भइरहेको छ । हिमालपारीको नामले चिनीने उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ । 

सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नयाँ शैक्षित्रसत्र शुरु भएको गत फागुनदेखि नै कक्षा सञ्चालन भइरहेकाले अहिले नेपाल सरकारले लकडाउन गरेको समयमा पनि विद्यालयमा पढाइ चलिरहेको बताउनुभयो ।

सुनखानी प्राथमिक विद्यालयमा नेपाली पाठ्यपुस्तकसहित तिब्बतियन भाषा र ज्ञानका कुरा पनि पढाइ हुने गरेको छ । यो विद्यालयमा हाल ४५ विद्यार्थीले नियमित पठनपाठन गर्दै आएका छन् । जाङ र हल्जी गाउँमा अझैसम्म बाक्लो हिउँ भएकाले बाहिरका शिक्षक उपस्थित हुन नसक्दा स्थानीय शिक्षकले पठनपाठन गराइरहेका विद्यालयका प्रधानध्यापक कर्णजीत बुढाले जानकारी दिनुभयो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्