नेपाली भाषा शिक्षकहरूका लागि पाठ्यपुस्तक  प्रबोधीकरण

  • ख-
  • ख+

पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एक दिने प्रबाेधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा  पाठयपुस्तक सम्बन्धी प्रवो धीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रकी नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरेकी थिइन्।

परिषदका अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका विशिष्टीकरण तालिका र पाठ्य घण्टाको सही प्रयोगले नै सिकाइ उपलब्धि हासिल गर्न सकिने बताए ।

कार्यक्रममा परिषद्का सल्लाहकारहररू सहप्राध्यापक पुण्य प्रसाद शर्मा, ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्त, परिषद्का पूर्व अध्यक्षहरु लोकचन्द्र खनाल, डोलराज अर्याल, सल्लाहकार दिनेश सापकोटा लगायतले शुमकामना मन्तव्य राखेका थिए ।

परिषदका सचिव सूर्य प्रसाद लम्सालले सञ्चालन तथा उपाध्यक्ष विक्र‌म पौडेलले स्वागत गरेको उक्त कार्यक्रममा २०० बढी  भाषा शिक्षकको सहभागिता रहेको कार्यक्रम संयाेजक शिवहरि सुवेदीले जानकारी  दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्