असार अन्तिम साता पोखरामा ‘इक्यान फेयर’हुने,विभिन्न उपसमिति गठन

  • ख-
  • ख+

बालकुमारी पौडेल/पोखरा ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले असारको अन्तिम साता ‘सातौं इक्यान कास्की एजुकेशनल फेयर’ आयोजना गर्ने भएको छ । असार २४ र २५ गते हुने इक्यान फेयर पोखरा सभागृहमा हुनेछ । संस्थाका अध्यक्ष ईविन्द्रराज तिवारीकाे हालै बसेकाे वैठकले फेयरकाे मिति तय गरेका हाे । एजुकेशनल फेयरमा करिव ३९ वटा स्टल तथा प्याभेलीयन रहने बताइएको छ ।

मेलामा प्याभेलीयनबाट वैदेशिक अध्ययन परामर्शका लागी नेपाली विद्यार्थीहरुलाई विभिन्न कलेज तथा विश्व विद्यालयको भर्ना प्रक्रिया साथै सम्वन्धित देशको विद्यार्थी भिसा निति ,अवसर, चुनौती सम्वन्धी आधिकारिक तथा प्रभावकारी सुचना एवं परामर्श नि:शुल्क रुपमा दिइने आयोजकले जनाएको छ ।

बैठकले सातौं संस्करणको इक्यान फेयर सफल बनाउनका लागि  युवराज पाैडेलकाे संयाेजकत्वमा मुल आयाेजक समिति र विभिन्न उपसमितिहरु गठन गरेकाे छ ।

सचिवालय उपसमिति संयोजकमा सन्तोष शाही, वित्त तथा वजेट व्यवस्थापनको उपसमिति संयोजकमा युवराज पौडेल,  प्रचारप्रसार संयोजकमा  कमलनाथ बराल, अनुशासन तथा अनुगमन संयोजकमा रमेश थापा, प्रायोजक व्यवस्थापकमा देवबहादुर क्षेत्री, स्टल व्यवस्थापन संयोजकमा गणेश कार्की, कार्यक्रम व्यवस्थापन संयोजकमा विश्वकल्याण अधिकारी रहेका छन् ।

विदेशमा अध्ययन गर्नको लागि परामर्श सम्वन्धी जानकारी दिने उद्देश्यले आयोजना हुने एजुकेशनल फेयरमा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्टेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन, बंगलादेशलगायतका देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहने इक्यान फेयरका संयोजक युवराज पौडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्