सराङ्कोटमा कृषकहरुलाई कृषि सामग्रीहरु हस्तान्तरण

  • ख-
  • ख+

पोखरा । कास्कीको सराङ्कोटमा कृषकहरुलाई कृषि सामग्री र विभिन्न फलफूलका बिरुवाहरु हस्तान्तरण गरिएको छ । कृषि ज्ञान केन्द्र कास्की र भावना सामुदायिक कृषि सहकारी संस्था सराङ्कोटको सहयोगमा ती सामग्रीहरु वितरण गरिएको हो ।

क्लस्टरमा रैथाने बाली संरक्षण तथा विस्तार कार्यक्रम अन्तर्गत हाते ट्याक्टर, भकारी र विभिन्न फलफूलका बिरुवाहरु सोमबार एक कार्यक्रम आयोजना गरेर कृषकहरुलाई बाँडिएको सहकारीले जानकारी दिएको छ ।

सो अवसरमा कृषकहरुलाई ६ बटा हाते ट्याक्टर मिनि ट्याक्टर, २५ बटा भकारी र ५ सय ६५ बटा विभिन्न फलफूलका बिरुवाहरु प्रदान गरिएको छ । लिची, अम्बा, आँप, एभोकाडो, सुन्तला र कागतीका बिरुवाहरु वितरण गरिएको हो । त्यसैगरी पोखरा महानगरपालिकाको कृषि तथा पशु विकाश महाशाखाको ५० प्रतिशत अनदानमा १६ लिटर क्षमताका १० बटा स्प्रे वितरण गरिएको छ । भावना सामुदायिक कृषि सहकारी सराङ्कोटको ५० प्रतिशत अनुदानमा १६ लिटर क्षमताका १५ बटा स्प्रे पनि कृषकहलाई प्रदान गरिएको छ ।

कृषि सामग्रीहरु हस्तान्तरण गर्दै कार्यक्रमका प्रमूख अतिथि महानगरको वडा नं १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले कृषकहरुको तथ्यांक संकलन गरिने बताउनु भयो । विशेष अतिथि कृषि ज्ञान केन्द्र कास्कीका प्रमूख शालिकराम अधिकारीले यो कार्यक्रम अर्काे वर्ष पनि संचालन गरिने जानकारी दिँदै रैथाने बाली संरक्षण गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

सहकारीका अध्यक्ष बलराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमका विशेष अतिथि वडा सदस्यहरु नवराज सुवेदी, रमेश थापा, मीना नेपाली र कल्पना ढकालले पनि कृषकहरुलाई ती सामग्रीहरु वितरण गर्नु भएको थियो । सहकारीका सचिव मीनबहादुर थापाले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष बेलबहादुर थापा र संस्थापक अध्यक्ष मित्रमणि तिमिल्सिनाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्