लायन्स क्लव अफ पाेखरा सेति गण्डकीकाे सम्मान कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

पाेखरा । लायन्स क्लव अफ पाेखरा सेति गण्डकीले क्लवले वर्षभरि गरेका कार्यक्रमका संयाेजकहरुलाई बुधवार सम्मान गरेकाे छ ।

सम्मानित हुनेहरुमा संस्थाका संस्थापक अध्यक्ष प्रमिला श्रेष्ठ, पुर्व अध्यक्षहरु मिलन थापा, देवकुमारी हिराचन, सुनयना पालिखे, प्रिति श्रेष्ठ, अरुणा शेरचन,उपाध्यक्षहरु विष्णु श्रेष्ठ, मिता कायस्थ, सचिव शान्ति श्रेष्ठ उदास, रश्मी चन्द, मिना श्रेष्ठ, मैयाँ रञ्जिता, लक्ष्मी कार्की र सरिता कार्की रहेका छन् ।

सम्मानित व्यक्तिहरुले काेभिड हस्पिटलमा नगद सहयाेग,रंगशालामा बच्चाहरुकाे लागि टेनिसकाेर्ट निर्माण,व्लड डाेनेसन, मादि गाउँपालिकाकाे विद्यालयमा बच्चाहरुलाई न्यानाे कपडा वितरण तथा झाेला वितरण, लेखनाथकाे सिस्नेरीमा स्वास्थ्य सामाग्री र फर्निचर वितरण, नारायणथानमा बटुकलाई खाद्यान्न वितरण,ट्रि प्लान्टेशन लगायतका २७ वटा सामाजिक सेवाका कार्यक्रमहरुमा संयाेजककाे भुमिका निर्वाह गरेका थिए । साथै क्लवमा आवद्व ३६ जना सदस्यहरुले विभिन्न विधामा मायाकाे चिनाे ग्रहण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक प्रथम महिला अनिला श्रेष्ठले महिलाहरुकाे मात्र क्लव भएर पनि सामाजिक कार्यमा दत्तचित्त भएर लागेकाेमा क्लवमा आवद्व महिला सदस्यहरुकाे प्रशंसा गरिन् ।

कार्यक्रममा सेकेण्ड भाईस डिष्ट्रिक गर्भनर मिलन थापा,डिस्ट्रिक चिफ विमला श्रेष्ठ,पुजन शाक्य, ,पुरुषाेत्तम पराजुली, कृष्णप्रसाद काेईराला, क्लवका पूर्व अधयक्ष रिजन चियर पर्सन अरुणा शेरचन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अम्विका पराजुलीकाे अध्यक्षतामा गठित क्लवकाे नवनिवार्चित टिमलाई बधाई ज्ञापन गरिएकाे थियाे भने क्लवका निवर्तमान अध्यक्ष कल्पना थापा क्षेत्री जाेन चियर पर्सनमा मनाेनयन भएकाेमा प्रमुख अतिथि अनिला श्रेष्ठले व्याच प्रदान गरि बधाई दिएकी थिईन् ।

क्लवका निवर्तमान अध्यक्ष कल्पना थापा क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव शान्ति श्रेष्ठ उदास र स्वागत क्लवका पुर्व अध्यक्ष देवकुमारी हिराचनले गरेकी थिईन् ।

पाेखरा १६ लामाचाैरस्थित पाेखरा मन्टेश्वरीकाे सभाहलमा कार्यक्रम सम्पन्न भएकाे कुराकाे जानकारी क्लवका फस्ट पर्सन थिरबहादुर थापाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्