थापाठाना पाेखरा सम्पर्क समाजले गर्याे फलेवासका जनप्रतिनिधिहरुलाई सम्मान

  • ख-
  • ख+

पाेखरा । थापाठाना पाेखरा सम्पर्क समाजले पर्वतकाे फलेवास नगरपालिकाका प्रमुख उपप्रमुख, साथै वडा नम्वर २ का जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामनासहित सम्मान गरेकाे छ ।

समाजले आज पाेखरामा एक कार्यक्रमकाे आयाेजना गरि सम्मान गरेकाे हाे ।

यसरी सम्मानित हुनेहरुमा फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारी, उपप्रमुख शाेभा क्षेत्री, वडा नम्वर २ का वडाध्यक्ष गंगानारायण क्षेष्ठ, सदस्यहरु विष्णुमाया वि क , विष्णुकुमारी थापा, गाेकुलबहादुर थापा र प्रकाश थापा रहेका छन् ।





सम्मानित जनप्रतिनिधीहरुलाई समाजका अभिभावक प्रेमबहादुर श्रेष्ठ र समाजका अध्यक्ष तुलसीराम शर्माले दाेसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

सम्मानित व्यक्ति फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले समाजलाई धन्यवाद दिदै गाउँमै बस्ने मात्र हैन, राेजीराेटिकाे शिलशिलामा पाेखरा आएर कर्मथलाे बनाएका थापाठाना वासीहरुसँग सधै सहकार्य गरेर अगाडि बढ्ने बताए ।

उनले फलेवासमा पर्ने डहरे देउराली,काेटकाे भुमे लगायतका पर्यटकीय स्थलहरुकाे विकास गर्ने प्रतिवद्वता जनाए । साथै तन पाेखरा भएपनि मन चिन्तन, फलेवासकाे विकासमा लाग्न सबैमा अनुराेध समेत गरे ।

उपप्रमुख शाेभा क्षेत्रीले थापाठाना पाेखरा सम्पर्क समाजले पाेखरामा समेत अाफ्नाे गाउँठाउँकाे छुट्टै पहिचान बनाउन सकेकाे भन्दै प्रशंसा गरिन् ।

फलेवास नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष गंगानारायण श्रेष्ठले थापाठानाबासी कामकाे शिलशिलामा पाेखरा आए पनि यहाँ हुने सेवा सुविधा थापाठानामा पनि उपलव्ध हुने भएकाले बसाईसराई गर्न आवश्यक नभएकाे बताए ।

कार्यक्रममा समाजमा अभिभावक प्रेमबहादुर श्रेष्ठ, सल्लाहाकार सदस्य बलबहादुर थापा, वरिष्ठ उपाध्यक्ष श्यामबहादुर थापा, रमेश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष तुलसीराम शर्माकाे अध्यक्षतामा भएकाे कार्यकमकाे स्वागत उपाध्यक्ष रमेश थापा र सञ्चालन सचिव प्रदिप श्रेष्ठले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्