नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र

  • ख-
  • ख+

सुरज श्रेष्ठ,पोखरा । गण्डकी प्रदेशमा आयोजना हुने गइरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशका तालुक संस्थाहरुले तयारी तिव्र बनाएको छ ।

लगभग ४ दशक पछि यो ठाउँमा हुन लागेको राष्ट्रिय प्रतियोगिताले यहाँ रौनक संगै व्यस्ता पनि बढाएको छ ।

खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङ नेतृत्वको टोली बुधबार पोखरा महेन्द्रपुल नजिक रहेको सैनिक आवसिय मा.वि मा मैदान अवलोकनको लागि पुगेका थिए ।

सैनिक आवसिय मा.विका प्रिन्सिपल राजेन्द्र कुमार लाखेले बच्चाहरुको पढाईलाई असर नपर्ने गरि यहाँ भएका रिसोरसेजलाई प्रयोग गर्न सकिने बताए छन ।

पोखराको मुटुमा रहेको यो सैनिक आवसिय मैदानमा केहि पूर्वाधारहरु थप गरेर प्रयोग गर्न सके सबै कुराले सहज हुने प्रदेश खेलकुद परिषदका सदस्य गुरुङले बताए ।


संयोजक गुरुङले सैनिक मा.विको मैदानमा फुटबल,बास्केटबल र खोखो खेलको लागि उपयुक्त्त हुने बताएका छन । उनले मैदान मर्मतको लागि सैनिक आवसिय माविका प्रिन्सिपल लाखेलाई ३ दिन भित्र स्टिमेट बजेटिङ गर्न समेत आग्रह गरेका थिए ।

उनले १५ गते राष्ट्रिय खेलकुद परिषद बोर्ड बैठकमा मैदानहरुको स्थिति बारे रिपोटिङ गर्ने बताए ।
गुरुङ नेतृत्वका् टोली आज स्याङ्जा र भोलि शुक्रबार म्याग्दी मैदान निरिक्षणको लागि पुग्ने कार्यक्रम रहेको छ ।

यसअघि टोलीले पोखरा महानगरपालिका १९ स्थित गोस्टे खेलमैदान,पोखरा महानगरपालिका १७ दोविल्लास्थित सहारा एकेडेमीको खेलमैदान, पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान तथा माछापुच्छे« गाउँपालिका ४ स्थित महेन्द्र माविको खेलमैदानको स्थलगत अवलोकन गरिसकेको छ ।

आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल मध्य २ खेल काठमाडौ,२५ खेल पोखरा र बाँकी खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको अन्य जिल्लामा गर्ने राखपले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्