गण्डकीको खेलकुदमा लफडा,प्रदेश बक्सिङमा उमेर नपुगेका खेलाडीको नाम सिफारिस गर्ने तयारी

  • ख-
  • ख+

✍️सुरज श्रेष्ठ/ पाेखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको बक्सिङ खेलमा सहभागी खेलाडी १८ वर्ष पुगेको हुनु पर्छ । तर गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी हुन छनोट भएका केहि खेलाडीको उमेर नपुगेको पाइएको छ ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन विभिन्न छनोट प्रक्रिया पार गर्न पर्ने हुन्छ । त्यसको लागि सबै भन्दा पहिला त सहभागी खेलाडीको डकुमेन्ट नै हेरिन्छ ।
त्यस पछि भने जिल्ला छनोट हुन पर्ने हुन्छ । जिल्ला छनोट पछि प्रदेश छनोट हुदै बल्ल राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ढोका खुल्छ ।
गण्डकी प्रदेशले नवौ राष्ट्रिय खेलकुद अन्तरगतको बक्सिङ खेलमा सहभागी हुने खेलाडीको नाम लिस्टमा उमेर नपुगेका खेलाडीको नाम सार्वजनिक गर्ने तयारी गर्देछ ।

उनीहरुले सार्वजनिक गर्न लागेको उमेर नपुगेको खेलाडीहरुमा उपास गुरुङ,मोनिमका राना र निर्तिक घर्ति मगर रहेको छन । उनीहरु मध्यका उपास गुरुङको नागरिकतामा जन्ममिति २०६१ साउन ३० रहेको छ । मनोमिका रानाको २०६२ फागुन ०७ गते र निर्तिक घर्ति मगरको २०६२ जेठ २५ गते जन्ममिति भएको पाइएको छ । उनीहरुको नागरिकतामा भएको जन्ममितिलाई आधार मान्ने हो भने उनीहरु तिनै जना डिस्क्वालिफाईड छन ।

गण्डकी प्रदेशबाट सहभागिता जनाउन लागेका नवलपुरका उपास गुरुङ बेन्टम वेट पुरुष तर्फ ५४ केजी तौलमा प्रथम र बाग्लुङका निर्तिक घर्तिमगर दोस्रो भएका थिए । कास्कीका मनोमिका राना फलाई वेट ५२ केजी महिला तर्फ प्रथम भएका थिइन ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न तौल समुहमा गण्डकी प्रदेशले पुरुष ४८ केजी तौलमा कास्कीका दर्शन गुरुङ,तनहुँका सचिन सुवेदी,५१ केजी तौलमा तनहुँका विपिन गुरुङ,कास्कीका सुलेमान मियाँ,५४ केजी तौलमा नवलपुरका उपहास गुरुङ,बाग्लुङका निर्तिक घर्ति मगर,कास्कीका सरोज बिकको नाम सार्वजनिक गर्ने तयारीमा रहेको छन ।

त्यस्तै ५७ केजी तौलमा गार्खाका बुद्ध ग्याम्जो लामा,स्याङजाका शंकर खनाल,तनहुँका पुर्ण बहादुर गुरुङ,बाग्लुङका भुवन दियाली,६० केजी तौलमा नवलपुरका निश्चल गुरुङ,बाग्लुङका सुरेश कुमार भण्डारी,कास्कीका सौगात कुमाल छनोटमा परेका छन ।
६३.५केजी तौलमा कास्कीका सागर परियार,नवलपुरका सुवाष लाउड,६७ केजी तौलमा नवलपुरका सफल गाहा मगर,तनहुँका मिलन राना मगर,७१ केजी तौलमा नवलपुरका निसान गुरुङ,तनहुँका राम बहादुर गरन्जा,गोर्खाका सुजन थापा,कास्कीका कुशल कुमाल छनोट भएका छन ।

त्यस्तै ७५ केजी तौलमा कास्कीका मनिष बिसी,८० केजी तौलमा कास्कीका सुरज तमाङ्ग,८६ केजी तौलमा नवलपुरका किरण बिक,कास्कीका आयुष थापा,९२ केजी तौलमा कास्कीका मुन्ना गुरुङ,आयुष लालचन,९२ केजी तौल माथि वेटमा कास्कीका दिपेन रानाको नाम आएको छ ।

महिला तर्फको बक्सिङको ४८ केजी तौलमा कास्कीका रमिसा श्रेष्ठ,बाग्लुङका यौनिका गुरुङ,५० केजी तौलमा कास्कीका सोनिया बरुवाल,बाग्लुङका निता राई,५२ केजी तौलमा कास्कीका मोनमिका राना,बाग्लुङका अस्मिता थापा,५४ केजी तौलमा म्याग्दीका एलिना गर्बुजा,कास्कीका सीमा गुरुङ,५७ केजी तौलमा कास्कीका प्रियंका गुरुङमा छनोट भएकी छिन ।
त्यस्तै ६० केजी तौलमा कास्कीका जोसिका श्रेष्ठ,७५ केजी तौलमा कास्कीका अस्मिता बस्नेतको नाम बाहिर आएको छ ।
खेलाडी छनोट प्रक्रिया सकेर बन्द प्रशिक्षणमा खेलाडीहरुलाई प्रशिक्षण गराउन पर्ने समय भए पनि अहिले सम्म लफडामा नै सिमित भएका छन् ।
के भन्छन सरोकारवाला व्याक्तिहरु
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङले केहि दिन अघि खेलाडीको नामावली हामीलाई प्राप्त भए पनि खेलाडीको पुरा विवरण नभएकोले पुरा गरेर ल्याउन निर्देशन दिएको बताए । उनका अनुसार ‘फाईनल लिष्ट आए पछि काटछाट गर्ने अधिकार हामीलाई भए पनि एकल खेलमा निर्णय स्पष्ट हुने हुनाले जुरीले पठाएको नामलाई नै हामीले फाइनल गर्ने हो ।’उनले भने । टेक्निकल पाटो हामीलाई थाहा हुदैन ।
प्रदेश खेलकुद परिषदमा कार्यारत एक जना जिम्मेवार व्यातिmले खेलमा राजनिति हुनु भनेको खेल विकासमा बाधा पुग्नु हो,नवौ राष्ट्रिय खेलकुदको बक्सिङ छनोटमा जुरीले पठाएको नामवलीमा असन्तुष्टि व्यक्त गरेका छन । नियम विपरित यस्तो कार्य भएर उमेर नपुगेको खेलाडी छनोटमा परे । आफुले पदबाट राजीनामा दिएर विरोधमा उर्तने बताए ।

नेपाल बक्सिङ संघ प्रदेश संयोजक एवं तदर्थ समिति सल्लाहकार राजेन्द्र पहारीले यस विषयमा केन्द्रबाट उमेरको हदबन्दीको बारेमा आफुलाई कसैले जानकारी नगराएको हुनाले खुल्ला प्रतिस्पर्धाबाट प्रदेश खेलाडी छनोट गराएर नामवली पठाएको बताए । नेपाल बक्सिङ संघ कास्की अध्यक्ष सुमन श्रेष्ठले पनि केन्द्रबाट उमेरको हदबन्दी नखुलाएको । तर खेलको अन्तिम नतिजा भईसके पछि उमेरको कुरा निस्केकोमा आश्चर्य व्यक्त गरे ।

नेपालमा उमेरको हदबन्दीले खासै पर्वाह नगरे पनि विदेशमा खेल खेल्नको लागि १८ वर्ष पुरा गरेको हुनु पर्छ । जसको कारणले हाम्रो खेलाडीहरु डिस्क्वालिफाइड हुनु पर्ने अवस्था आउन सक्छ र अवसर बाट बन्चित भईन्छ । भन्दै खेल अवधिमा नै यस विषयमा कुरा निकालेको र केहि समय खेल स्थगित समेत गरेको खेल प्रशिक्षक सुरेश मल्लले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्