जापान स्पोर्टस काउन्सिलका पदाधिकारी पोखरा रंगशालामा

  • ख-
  • ख+

सुरज श्रेष्ठ/पोखरा । जापान स्र्पोटस काउन्सिलका पदाधिकारीहरुले बिहिबार पोखरा रंगशालाको अवलोकन गरेका छन ।
साउथ एसियाको खेलकुद विकास गर्ने उद्धे्रश्यले एसियाको विभिन्न देश घुम्ने क्रममा उनीहरु नेपाल आएका हुन । बिहिबार पोखरा रंगशालामा उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङ,पश्मिामञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी,निर्देशक कृष्ण तिमिल्सिनाको टीमले रंगशाला भित्रको खेद मैदान अवलोकन गराएका थिए
पोखरा रंगशालामा अवलोकनका लागि आएका टोलीमा जापान स्र्पोट्स काउन्सिलका प्रमुख डा.ताका हिरो वाकु,इतसुको यामागुची,सिए तासीहरो,सो सातो,खेल विज्ञ सुलोचना सिजख्वा लगायतको उपस्थिीति रहेको थियो ।

जापान स्र्पोट्स काउन्सिलका प्रमुख डा.वाकुले अवलोकन पछि पोखरा रंगशाला खेलकुदको लागि बेष्ट लोकेशन भएको बताए । उनले रंगशालामा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेकोमा सफलताको शुभकामना समेत व्यतm गरेका छन ।

केहि दिनको नेपाल बसाईमा उनीहरुले पोखराको प्याराग्लाइडिङ,हाईअल्टिच्युट खेल र अन्य खेल बारे पनि अध्ययन गर्ने खेल विज्ञ सुलोचना सिजख्वाले बताइन ।

नेपाल राष्ट्रिय खेलकुद अन्तरगतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान विभाग एसोसियसन अफ एसियाको सदस्य राष्ट्र हो ।
राखेप सदस्य राजेश गुरुङले नवौ राष्ट्रिय खेलकुद अन्तरगतको पोखरामा हुने खेल बारे जानकारी दिदै पोखरा रंगशालामा निकट भविष्यमा बन्ने स्विमिङपुल लगायत अन्य खेल स्थल बारे जानकारी गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्