‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’च्याम्पियनसिपका लागि खेलाडी कोटा पुरा, आयोजकले ४ दिन अघि नै नाम दर्ता बन्द

  • ख-
  • ख+

सुरज श्रेष्ठ/पोखरा । पोखरामा आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा दर्ता गर्ने अन्तिम मिति भन्दा अघि नै खेलाडी कोटा पुरा भएको छ ।

कोटा पुरा भएकोले अन्तिम मिति भन्दा अघि नै दर्ता बन्द गर्न परेको आयोजकले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
नेपालको इतिहासमा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगितामा १३ देशका १३ सय जना खेलाडीले च्याम्पियनसिपको लागि अनलाइन मार्फत नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

तेक्वान्दो प्रतियोगिता असोज ६ गते देखि ९ गते सम्म संचालन हुने छ । जसमा ग्योरोगीतर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीले अनलाइन मार्फत नाम दर्ता गराएको तेक्वान्दो संघ गण्डकीका अध्यक्ष जगन गुरुङले बताए ।

व्यवस्थित भौतिक पूूर्वाधार अभावका कारण चाहेर पनि धेरै खेलाडीहरुलाई समावेश गर्न नसकिएको गुरुङको भनाई छ । ‘नेपालका खेलाडीले तेक्वन्दोमा देशको लागि धेरै अन्तराष्ट्रिय पदकहरु जितेको छन ,तेक्वन्दो खेलको भविष्य राम्रो हुदाँ हुदै राज्यले यो खेलमा लगानी नगर्दा भने दुःख लाग्छ ।’गुरुङले भने ।

एभ्रेष्ट अन्तराष्ट्रिय तेक्वादन्दो प्रतियोगिताको कारण पोखरा क्षेत्रमा करिब १५ करोड कारोबार थप हुने अपेक्षा आयोजकको गरको छ ।

पोखरा रंगशालास्थित वहुउद्धेश्यिय कभर्डहलको एरिनामा आयोजना हुने प्रतियोगितामा विश्वभरीका खेलाडी,निर्णायक,प्रशिक्षक,खेल पे्रमीहरुको बाक्लो रुपमा सहभागीता हुने अपेक्षा गरिएको तेक्वन्दो संघका केन्द्रिय महासचिव दीपराज गुरुङले बताए ।

खेलाडीको नाम दर्ताबाट २५ लाख तेक्वन्दो संघको बैक खातामा जम्मा भई सकेको र प्रतियोगिता सम्पन्न गर्न २ करोड ५५ लाख खर्च लाग्ने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा संघका सचिव रमेश पौडेल र प्रतियोगिता आर्थिक संयोजक माइकल कर्माचार्य लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्