गण्डकी प्रदेशबाट छनोट भएका फेन्सिङ्ग खेलाडीको लागि खेल सामाग्री खरिद गर्न फेसबुक मार्फत आर्थिक सहयोगको अपिल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

सुरज श्रेष्ठ/पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतका फेन्सिङ्ग खेलमा गण्डकी प्रदेशबाट छनोट भएका खेलाडीहरुलाई खेल साम्रगी अभाव भए पछि सहयोगको लागि सामाजिक संजाल मार्फत आर्थिक सहयोगको अपिल गरेको छ ।

सोमबार कास्की जिल्ला फेन्सिङ्ग संघका अध्यक्ष विजय शाहीले आफ्नो फेसबुकमा स्टाटस राखेर सार्वजनिक रुपमै आर्थिक सहयोगको लागि अपिल गरेका हो ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङ्ग खेलको लागि गण्डकी प्रदेशबाट २४ जना खेलाडीहरु छनोट भएका छन । ‘खेलाडी छनोट त भयो तर अहिले उनीहरुलाई पानी ख्वाउने पैसा पनि प्रदेशले दिएको छैन,सामाग्री किन्ने कुरा त परै जाओस ।’ अध्यक्ष विजय शाहीले भने । ‘मिटिङ १७ पटक भयो, कालो चिया खाने बाहेक अरु केहि हुन सकेन,आज सम्म खेलाडीहरुको लागि आर्थिक जोहो हुन सकेको छैन । खेलाडी छनोट भई सक्यो,ब्याक भए खेलाडीको भविष्य अन्धकार बन्छ । खेलाडीहरुको भविष्यको लागि भए पनि अघि बढ्न आर्थिक जोहोको लागि फेसबुकमा स्टाटस राखेको शाहीले बताए ।

प्रत्येक खेलाडीको लगि प्रदेश संग ३० हजारको दरले ७ लाखको माग गरेको हौ । तर आज सम्म जोहो हुन सकेको छैन । आशा नभई सके पछि मैले फेसबुकमा स्टाटस राखेको हुँ । स्टाटस राखे पछि सहयोग आउन शुरु भई सकेको उनले बताए । थोरै भए पनि रकमको जोहो भए खेलाडीहरुको सामाग्री मगाउदै गर्छौ । उनले भने ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने महिला पुरुष गरि २४ जना खेलाडी छनोट भएका छन । छनोट भएका खेलाडीहरुमा पुरुष तर्फ खुसिमान गुरुङ, सुजन गुरुङ, शुक्र राज सुनार, दिनेश बहादुर पाण्डे, बिजय अधिकारी, नवराज कार्की, सुनिल थापा, प्रशान्त गुरुङ, दिपेस गुरुङ, नबिन गुरुङ, पवन तामाङ र पुर्ण बहादुर नेपाली रहेका छन ।

त्यसै गरि महिला तर्फ दिपिसा गुरुङ, अस्मिता मगर, सुबिना मगर, मिरा पुन, प्रतिक्षा राना, कृपा गुरुङ, बिनिता पुन, सुनमाया मगर, धनमाया गुरुङ, अक्सा गुरुङ, शर्मीला मगर र निश्चल पुन मगर छनोट भएका हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्