चाडपर्वमा भड्किला क्रियाकलाप नगर्न पाेखरा ७ का वडाध्यक्ष आचार्यकाे आग्रह

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा ७ का वडाध्यक्ष राम माेहन आचार्यले नजिकिदै गरेका नेपालीहरका महान पर्वहरु विजयादशमी, शुभदिपाली , छठ लगायतमा पर्वहरुमा भड्किला क्रियाकलाप नगर्न आग्रह गरेका छन् । यदि भड्किला क्रियाकलाप गरेकाे थाहा भएमा नजिकको प्रहरी वा जनप्रतिनिधिसंग समन्वय गर्न उनले अनुराेध गरे ।

वडा कार्यालयले आयाेजना गरेकाे २०७९ सालको विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष आचार्यले यस्ताे बताएका हुन् । चाडपर्वले धार्मिक सद्भाव र भाइचाराको विकास गर्ने भन्दै सभ्य, भद्र, अनुशासित भइ चाडपर्व मनाउन उनले सम्पुर्णा वडावासीलाई आग्रह गरेका छन् ।

स्वास्थ्य नै ठुलो धन हो भन्दै अध्यक्ष आचार्यले बढी चिल्लो पिरो र मध्यपान जस्ता स्वस्थ्यलाई असर गर्ने खानेकुरा खाँदा सजग रहन पनि अनुरोध गरे । चाडपर्वमा चोरी डकैतीका घटना बढी घट्ने हुँदा सजग रहन पनि आग्रह गरे ।

वडा सदस्य अर्जुन थापाले सबै वडावासीको साथ र सहयोगले मात्र नमुना वडा बनाउन सकिने बताए ।

कार्यक्रममा पूर्व वडा अध्यक्ष रामचन्द्र बराल, रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाका भोजराज बराल, नेपाली कांग्रेस वडा इकाइ समितिका सभापति नवीन बराल, एमाले अध्यक्ष शारदा गिरी लगायतले शुभकामना राखेका थिए ।

कार्यक्रममा पूर्व वडा अध्यक्ष रामचन्द्र बराल, रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाका भोजराज बराल, नेपाली कांग्रेस वडा इकाइ समितिका सभापति नवीन बराल, एमाले अध्यक्ष शारदा गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए

शुभकामना आदानप्रदान कार्यक्रम वडामा रहेका टोल विकास संस्था, विभिन्न संघ संस्था, राजनीतिक दलका प्रतिनिधि र सामाजिक व्यक्तित्वहरुकाे सहभागिता थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्