नवौं राष्ट्रिय खेलकुदको ट्रफी पोखरा झ¥यो, भोली सार्वजनिक गरिने

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा,फोटो:योगेन्द्र श्रेष्ठ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी पोखरा आइपुगेको छ ।असोज २८ देखि कार्तिक ३ गते सम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी भोली पोखरामा एक समारोहका विच सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय खेलकुद परिषदले पहिलो पटक राष्ट्रिय खेलकुदमा पहिलो हुने टिमलाई प्रदान गर्ने गरी उक्त ट्रफी निर्माण गरिएको हो ।

ट्रफीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायत विशिष्ट व्यक्तित्वहरुले एक कार्यक्रमका विच ट्रफी सार्वजनिक गर्न लागएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले जनाएका छन् ।

सोमबार बिहान ८ः०० बजे मानवअधिकार चोकमा ट्रफी सार्वजनिक गरी नगर परिक्रमा पश्चात पोखरा रंगशाला ल्याइपुर्याउने तय भएको गुरुङले जनाए । यसै गरी उक्त ट्रफी पोखरा बजारको विभिन्न भागमा परिक्रमा पश्चात विहान १० बजे लेकसाइड ताल बाराही चोकमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले सम्वोधन सहित समापन गर्ने कार्यक्रम रहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्