नवौ राष्ट्रिय खेलकुद : पुरुष फुटबल खेल तालिका सार्वजनिक,पहिलो खेलमा एनआरएन र प्रदेश १ भिड्ने

सुरज श्रेष्ठ
  • ख-
  • ख+

तस्विर:सुर्दशन रन्जित/पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो खेल समुह “ए” अन्तरगतको एनआरएन र प्रदेश १ भिड्ने भएको छ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबल तर्फ ७ प्रदेश,३ विभागीय र एनआरएन गरी ११ टीमको सहभागिता रहने छ । ११ टीमलाई ४ समुहमा विभाजन गरिएको छ । समुह “ए” मा एनआरएन,प्रदेश १ र गण्डकी रहेको छ । समुह “बि” मा बाग्मती,मधेश प्रदेश र एपिएफ फुटबल क्लब रहेको छ । समुह “सि” मा लुम्बिनी,त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब रहेको छ । समुह “डि” मा कर्णाली र सुदुर पश्चिम प्रदेश रहेको छ ।
असोज २७ गते देखि संचालन हुने पुरुष फुटबल प्रतियोगिता पोखरा रंगशाला र लामाचौर खेल मैदान गोस्तेघाटमा संचालन हुनेछ ।

सोमबार सार्वजनिक खेल तालिकामा पहिलो खेल असोज २७ गते दिउसो १२ः३० बजे एनआरएन र प्रदेश १ भिड्ने छ । दोस्रो खेल सोही दिन दिउसो ३ः३० बजे बाग्मती र मध्य प्रदेश बिच हुने छ ।

असोज २८ गते सोही समयमा पहिलो खेल लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी बिच हुनेछ । दोस्रो खेल कर्णाली र सुदुर पश्चिम प्रतिस्पर्धा हुनेछ ।
तेस्रो दिनको खेल असोज २९ गते सोही समय आयोजक गण्डकी र प्रदेश १ बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल मधेश प्रदेश र एपिएफ फुटबल क्लब बिच हुनेछ ।

त्यस्तै चौथो दिन असोज ३० गते पहिलो खेल आयोजक गण्डकी प्रदेश र एनआरएन बिच हुनेछ । दोस्रो खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिच रहेको छ ।

खेलको पाचौ दिनको पहिलो खेल असोज ३१ गते एपिएफ फुटबल क्लब र बाग्मती प्रदेश बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल नेपाल पुलिस क्लब र लुम्बिनी क्लब बिच रहेको छ ।

त्यस्तै छैठौ दिन कार्तिक १ गते सेमिफाइनलका दुई खेल हुने छन । कार्तिक ३ गते कास्य पदकको लागि बिहान ९ बजे स्वर्ण र रजतको लागि फाइनल खेल दिनको ३ बजे  हुनेछ ।

पोखरा रंगशाला र लामाचौर खेल मैदान गोस्तेघाटमा हुने भनिएको भए पनि कुन खेल कुन खेल मैदानमा हुने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन ।

लामाचौर खेल मैदान गोस्तेघाटमा नवौ राष्ट्रिय खेलकुदकै लागि भनेर  निमार्णमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १० लाख लगानी गरि सकेको छ । सो रकम अझै प्रयाप्त नभएको लामाचौर खेल मैदान निमार्ण समितिको अध्यक्ष सुरेन्द्रमान सिं भण्डारीले बताए ।
उनले भने “राखेपले दिएको रकम सकियो त्यसमा थप दुई तिन लाख बढी खर्च भई सक्यो । अब चेन्जिङ्ग रुपमा बत्ती र पानीको व्यवस्था गर्दे छौ । सायद भोलि र पर्सीमा सकिन्छ कि ?”

तालिकामा ठ्याक्कै कुन खेल कहाँ संचालन गर्ने नजानाए पनि समुह चरणको सबै खेल लामाचौर खेल मैदान गोस्टेघाटमा नै संचालन गर्ने राखेपले तयारी गरेको देखिन्छ । सेमिफाइनल र फाइनल  टिकट काटेर दर्शक प्रवेश गराउने गरि पोखरा रंगशालामा नै प्रतियोगिता गर्ने तयारी गरेको छ । लामाचौर खेल मैदान गोस्तेघाट पोखरा रंगशाला देखि ९ किलोमिटर दुरिमा रहेको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ पुरुष फुटबल खेल तालिका

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्