नवौं राष्ट्रिय खेलकुदः ह्याण्डबल पुरुषतर्फ गण्डकीको तेस्रो जित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबल खेलमा गण्डकीले तेस्रो जित निकालेको छ।
प्रतियोगिताअन्तर्गत पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज (बुधबार) भएको खेलमा घरेलु गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ।
लगातार ३ खेल जितेको गण्डकीले योसँगै ९ अंक बटुलेको छ। गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे।

पुरुष ह्याण्डबलमा आर्मीको जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित दर्ता गरेको छ। आर्मीले आफ्नो तेस्रो खेलमा प्रदेश–१ माथि ५४–१० ले जित निकालेको हो। लगातार तेस्रो जित निकालेको आर्मीले ९ अंक जोडेको छ। आर्मीका लागि निर्मलबाबु श्रेष्ठले सर्वाधिक १३ गोल गरे।

पुरुष ह्याण्डबलमा एपीएफको पनि तेस्रो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबल खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले लगातार तेस्रो जित निकालेको छ। एपीएपले बुधबार प्रदेश–१ माथि ३५–५ ले जितेको हो। लगातार ३ खेल जितेको एपीएफले ९ अंक जोडेको छ। एपीएफका लागि नितेश धिमाल र सुरेश आलेमगरले सर्वाधिक समान ५÷५ गोल गरे।

पुरुष ह्याण्डबलमा लुम्बिनीको जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा लुम्बिनीले जित निकालेको छ। लुम्बिनीले सुदूरपश्चिममाथि ३०–२५ को जित निकालेको छ। जितसँगै लुम्बिनीले महत्वपूर्ण ३ अंक जोडेको छ। लुम्बिनीका हेमन्त थापा र सुदूरपश्चिमका बीरेन्द्र चन्दले समान सर्वाधिक ११/११ गोल गरे।

पुरुष ह्याण्डबलमा कर्णालीको जित

पुरुष ह्याण्डबलमा कर्णालीले जित निकालेको छ। निकै नै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले बागमतीलाई १८–१७ ले जित निकालेको हो। जितसँगै कर्णालीले महत्वपूर्ण ३ अंक जितेको छ। कर्णालीका चक्र श्रेष्ठले सर्वाधिक ६ गोल गरे।

महिला ह्याण्डबलमा बागमतीको जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा बागमतीले जित निकालेको छ। बागमतीले मधेश प्रदेशलाई ६–४ गोलले जित निकालेको हो। जितसँगै बागमतीले महत्वपूर्ण ३ अंक बटुलेको छ। मधेशकी सुजाता सिंहले सर्वाधिक ४ गोल गरिन्।

महिला ह्याण्डबलमा विभागीय आर्मीको तेस्रो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ। आर्मीले बुधबार प्रदेश–१ माथि ३४–९ को जित निकाल्यो। लगातार तेस्रो खेल जितेको आर्मीले महत्वपूर्ण ९ अंक बटुलेको छ। आर्मीका लागि सञ्चिता बस्नेतले सर्वाधिक ९ गोल गरिन्।

यसै गरि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा लुम्बिनी विजयी बनेको छ। लुम्बिनीले सदूरपश्चिममाथि १४–१० ले जित निकाल्यो। जितसँगै लुम्बिनीले ३ अंक बटुलेको छ। लुम्बिनीकी अर्चना न्यौपानेले सर्वाधि १४ गोल गरे।।

 

 

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्