राष्ट्रिय खेलकुदःपुरुष ह्याण्डबल गण्डकी, लुम्बिनी, आर्मी र एपीएफ अन्तिम ४ मा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले अन्तिम ४ मा स्थान बनाएको छ।
समूह ए बाट गण्डकी र विभागीय आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो।
त्यस्तै, समूह बी बाट विभागीय सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो। सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो।
पुरुषतर्फको ह्याण्डबलमा समूह ‘ए’ बाट गण्डकी र आर्मीमध्ये विजेता र उपविजेताको टुंगो लगाउन बाँकी छ। ५ टिम रहेको समूह ए मा गण्डकी र आर्मी दुबैले लगातार ३ खेल जित्दै अन्त्यमा २७/२७ को बराबरीसँगै समूहको लिग खेललाई अन्त्य गरेको थियो।
यसअघि, लिगअन्तर्गत आर्मीले ४ खेलमा १७८ गोल गरेको छ भने ६३ गोल खाएको छ। यता, गण्डकीले लिगअन्तर्गतको खेलमा १८४ गोल गरेको छ भने ७४ गोल खाएको छ।

राष्ट्रिय खेलकुदः महिला ह्याण्डबल
एपीएफ, गण्डकी, आर्मी र प्रदेश–१ अन्तिम ४ मा
समूह ए बाट विभागीय एपीएफ समूह विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै अन्तिम ४ मा स्थान बनाएको छ।
महिलातर्फ समूह बी बाट विभागीय आर्मी र प्रदेश–१ ले सेमिफाइनलमा स्थान बनाएको छ।
सो समूहबाट आर्मी विजेता र प्रदेश–१ उपविजेता बन्दै अन्तिम ४ मा स्थान बनाएको हो।
सेमिफाइनलमा एपीएफ र प्रदेश–१ बीच सेमिफाइनल खेल्नेछ। त्यस्तै, विभागीय आर्मी र गण्डकी सेमिफाइनल खेल्नेछ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा घरेलु गण्डकी र विभागीय आर्मी सेमिफाइनलमा पुगेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको खेलमा समूह ए को अन्तिम खेलमा दुबैले २७/२७ को बराबरी खेल्यो।

बराबरी खेलेसँगै दुबैले १०/१० अंक बटुलेको छ। ५ टिम रहेको यस समूहमा दुबै टिमले लगातार ३ खेल जितेर ९/९ अंक बटुलेको थियो।

अब, गोलसंख्याको आधारमा समूह विजेता र उपविजेता छुट्याउनेछ। निकै नै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ १४/१४ को बराबरीमा सकिएको थियो।

खेलमा गण्डकीका दिनेश श्रेष्ठ, बासु गुरुङ तथा प्रेम गुुरुङले आर्मीका यामबहादुर पुनमगर र निर्मलबाबु श्रेष्ठले समान सर्वाधिक ६/६ गोल गरेका थिए।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्