पुरुष फुटबलको दोस्रो खेलमा बागमति विजयी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बिहिबार भएको पुरुष फुटबलको दोस्रो खेलमा बागमतिले मधेश प्रदेशलाई २–० गोल अन्तरले हराएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि बागमतिले दोस्रो हाफमा २ गोल गर्दै सहज जित निकालेको हो । बागमतिका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गरे । खेलको ३९ औं मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतिका लागि ४५ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टि मार्फत गोल गर्दै अग्रता दोब्बर पारे । खेलको पहिलो हाफमा मधेश प्रदेशले बागमतिलाई निकै दबाबमा राखेपनि गोल गर्न नसक्दा हार व्यहारेको हो ।

बिहिबारको पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोलअन्तरले पराजित गरेको थियो ।
प्रतियोगिता अन्तरगत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदुरपश्चिम बीच दोस्रो खेल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्