एथलेटिक्स महिला लङजम्पमा जयरानीको कीर्तिमान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

एथलेटिक्स महिला लङजम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
उनले पोखरा रंगशालामा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।
उक्त इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले २०१८ मा राखेको ५४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् ।
लुम्बिनीकी निशा चौधरीले ५.४९ मिटर जम्प गर्दै रजत तथा एपीएफकी शिला चौधरीले ५.३१ मिटर जम्प गर्दै काँस्य जितिन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्