नवौै राष्ट्रिय खेलकुद : आर्मी पुरुष फुटबलको फाइनलमा प्रवेश

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष फुटबलमा विभागिय टोली त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० गोलले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो । पहिलो हाफ बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा सुदिलले गोल गर्दै अग्रता दिलाए । उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए ।

गण्डकीलाई खेलको शुरुवाती देखि दबाबमा राखेको आर्मीले पटक पटक पाएको अवसरलाई उचित सदुपयोग गर्न नसक्दा १–० गोल मै चित्त बुझाउन बाध्य भएको हो ।

आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ गोलले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो । यस्तै मंगलबार नै समूह ‘डी’ विजेता सुदुरपश्चिम र समूह ‘बी’ विजेता एपिएफबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्