नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलको फाइनलमा सशस्त्र र पुलिस भिडने

सुरज श्रेष्ठ
  • ख-
  • ख+

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा विभागीय टिम सशस्त्र प्रहरी र नेपाल पुलिस क्लव भिड्ने भएको छ ।

म्याग्दीको बेनी स्थित खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनलमा पुगेका हो ।

सशस्त्रले बागमतीलाई १ का विरुद्ध तीन र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ले जितेको बागमतीलाई सशस्त्रले त्यसपछिका तीन सेट क्रमश : २५–२३, २५–२२ र २५–१६ को अन्तरमा पराजित ग¥यो ।

सशस्त्रको कप्तानी निरुता ठगुल्ना र बागमतिको टिमको नेतृत्व ललिता नाथले गरेकी थिइन् । कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्तानीमा रहेको गण्डकीलाई २५–१०, २५–१८ र २५–११ अंकमा पराजित ग¥यो । कमला र अरुणा दुवै म्याग्दीका हुन् ।

तेस्रो स्थानका लागि बुधबार बिहान १० बजे बागमती र गण्डकी बीच प्रतिस्पर्धा हुने समय तालिका रहेको छ । यसैगरी शसस्त्र र पुलिसबीच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ ।

असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए । कर्णाली र मधेश प्रदेश पहिलो चरणबाट बाहिरिएका थिए । विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी, लुम्बिनी, प्रदेश १ र सुदुरपश्चिम प्रदेश क्वाटर फाइनलबाट बाहिरिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्