नवौं राष्ट्रिय खेलकुद : कवड्डी खेलमा विवाद,खेलाडी द्धारा रेफ्रीलाई हल बाहिर निस्कन बन्देज

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । नवौ राष्ट्रिय खेलकद प्रतियोगिता अन्तरगतको मंगलबार नेपाल प्रहरी र गण्डकी प्रदेश बिच भएको लिग चरणको कबड्डी खेलमा विवाद उत्पन्न भएको छ । विवाद संगै अहिले सो क्षेत्रमा गण्डकी प्रदेशका खेलाडीहरुले नारा बाजी गर्दे अफिसियलहरुलाई बाहिर निस्कन दिएका छैनन् । रेफ्रीले आफुहरुलाई अन्याय गरेको कारण हार्न पुगेको गण्डकी प्रदेश कबड्डी खेलका खेलाडीले आरोप लगाएका छन । उनीहरुले सुर्तीजन्य पदार्थ र मध्यपान सेवन गरेर खेल खेलाएका अनुसान हिन रेफ्रीका कारण हार्न पुगेको बताएका छन ।

गण्डकी प्रदेशका खेलाडीहरुले आफुहरुलाई हराउन रेफ्रीले गलत निर्णय गरेको आरोप लगाएका हुन । नेपाल प्रहरीले र गण्डकी प्रदेश बिच भएको प्रतिस्पर्धात्मक खेलमा ५८–५४ पोइन्टले नेपाल प्रहरीले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।

पोखरा १२ केसी बेन्क्युटमा आज भएको खेलमा रेफ्रीले २० मिनेट खेलाउन पर्नेमा १५ मिनेट मात्र खेलाएको बताएका छन । गण्डकी प्रदेशका प्रशिक्षक सन्दिप पन्तले आज भएको खेलमा टाइम स्टप नगरी रेफ्रीले खेल खेलाएको आरोप लगाएका हुन । “टीमले अफिसियल टाइम आउट लिन्छ त्यो बेला रेफ्रीले समय स्टप गर्नु पर्छ तर आजको खेलमा रेफ्रीले त्यसो गरेन र हामीले हार्न पुग्यौ ।” पन्तले भने ।
निर्णय फिर्ता हुदैन : कबड्डी संघका अध्यक्ष तुलसी थापा
नवौं राष्ट्रिय प्रतियोगिता अन्तरगत कबड्डी खेलमा अहिले विवाद भएको छ । गण्डकी प्रदेश र नेपाल प्रहरी बिच भएको खेलमा विवाद भएको हो । विवाद बारे कबड्डी संघका अध्यक्ष तुलसी थापाले विवाद हुन्छ भई रहन्छ तर निर्णायकले गरेको निर्णय फिर्ता नहुने बताएकी छिन । उनले भनिन “गण्डकी प्रदेशले लिड गरिरहेको थियो,लिडिङ गरेको टिमले हार्न पुग्यो । त्यो कारण यस्तो समस्या आएको हो । खेलमा यस्ता समस्या आईरहन्छ । निर्णाकहरुलाई पुर्ण जिम्मेवारी दिएको हुन्छ । उनीहरुले गरेको निर्णय नै अन्तिम निर्णय हुन्छ । त्यो कारण पनि निर्णय फिर्ता नहुने बताएकी छिन ।
निर्णय फिर्ता नहुने हुदाँ दुःख लागेको छ :अध्यक्ष तोरण बहादुर बानियाँ
मंगलबार भएको पुरुष कबड्डी खेलमा आएको विवादका कारण खेल स्थलमा पुगेका जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले रेफ्रीले लिएको निर्णय फिर्ता नहुने हुदाँ दुःख लागेको बताएका छन ।

होस्ट जिल्ला भएकोले विवाद गर्न भन्दा कसरी हुन्छ मिलाएर लान पर्ने उनले सुझाएका छन ।
त्यस्तै उक्त खेलका रेफ्रीद्धय उपेन्द्र यादव र भुुवन प्रजापतिले आफ्नो निर्णय सही रहेको बताएका छन । ‘गल्ति भएको भए सजाय भोग्न तयार छौ ।’ रेफ्रीद्धयले भने । यता गण्डकी प्रदेशका कबड्डी खेलाडीहरुले रेफ्रीले गरेको निर्णय फिर्ता र रेफ्रीलाई कारर्वाही नभए सम्म कुनै रेफ्रीलाई बाहिर निस्कन नदिने भन्दै गेटमै धर्ना दिईरहेका छन । हुन त हिजो र आज बिहान भएको खेलमा पनि रेफ्रीको निर्णय प्रति टीमहरु सन्तुष्ट नभएको कुरा बाहिर आईरहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्