फेवाताल सरसफाई अभियानमा पाेखरा ६ काे निरन्तरता (फाेटाे फिचर)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तिर्थ के सी /पाेखरा ।
पर्यटकीय आकर्षककाे केन्द्र पाेखराकाे फेवाताल सरसफाइले निरन्तरता पाएकाे छ । शनिवार पाेखरा महानगरपालिका वडा नम्वर ६ काे पहलमा सफाइ अभियानले निरन्तरता पाएकाे हाे ।

वडा नम्वर ६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले फेवाताल सफा राख्नु सवैकाे दायित्व भएकाेले निरन्तरता दिईरहने बताए ।

शनिवार भएकाे सरसफाई कार्यक्रममा पाेखरा वडा नम्वर ६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईसहितकाे टिम, गण्डकी वन नियन्त्रक रामकाजी श्रेष्ठ, नागरिक समाजका रामबहादुर पाैडेल लगायतका सराेकारवाला निकाय,पर्यटन व्यवसायी,नगर प्रहरी विभिन्न संघ संस्था, क्लव तथा स्थानियकाे सकृय सहभागिताले आज फेवातालकाे गाैरीघाट एरियामा सरसफाई गरेकाे हाे ।­

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्