अनुचित खर्च नगर्ने वेद वहादुर गुरुङ (श्याम)को घोषणा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

 

२६ कात्तिक, पोखरा ।

नेकपा एमालेका उम्मेदवार वेद वहादुर गुरुङ श्यामले चुनाव जित्नको लागि नाजायज चन्द संकलन र खर्च नगर्ने घोषणा गरेका छन् । नेकपा (एमाले) को तर्फबाट कास्की १ ‘ख’ का प्रदेश सभा सदस्य पदका उम्मेदवार गुरुङले सामाजिक संजाल फेसवुकमा पोष्ट सेयार गर्दै उक्त कुरा व्यक्त गरेका हुन् ।

गुरुङले लेखेका छन् ‘चुनाव जित्नकै लागि म नाजायज चन्द लिदिनँ र नाजायज खर्च पनि गर्दिनँ ।’ उनले वर्तमान अवस्थामा नेताहरुले चुनाव जित्न अनेक तिकडम गर्ने कुरा पनि बताएका छन् । ‘म अनुचित रुपमा चन्द उठादिनँ र चुनाव जित्नको लागि नाजायज खर्च गर्दिनँ ।’ उनले भने, ‘म आफ्नो योजना सुनाएर जनताको मत जित्न चाहान्छु ।’ उनले अवैध रुपमा चन्द उठाएर अनि खर्च गर्नु निर्वाचन आचार संहिता विरुद्द मात्र नभई दिर्घकालिन रुप असर पर्ने बताए ।

नेकपा एमाले कास्कीले चुनाव केन्द्रित प्रचार प्रसार तथा घरदैलो कार्यक्रम तिव्र पारेको छ । उम्मेदवार गुरुङ शुक्रवार पोखरा २८ का विभिन्न स्थानहरुमा गएर आफ्नो चुनावी एजेण्डा सुनाएका थिए । शनिवार पनि मतदाताका समस्या बुझ्न उनी आफ्नो कार्यकर्ता सहित वडा नम्बर २८ कै बाँकी स्थानहरुमा पुगेका छन् ।

स्थानिय मतदाता माझ गुरुङले निर्वाचित भए गुणस्तर शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि उद्पादन तथा बजारीकरण, पर्यटन, निशुल्क खानेपानी, व्यवस्थित सार्वजनिक यातायात, फोहोर व्यवस्थापनमा पहल गर्ने बताए । अर्को प्रसंगमा उनले गठबन्धन सरकारले कटौती गरेका परियोजनाहरुलाई पुनः बजेट बिनियोजन गरी कार्य सम्पन्न गर्ने कुरा प्रतिवद्दता जाहेर गरे।

नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश ’क’ तर्फ खगराज अधिकारी र ’ख’ तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्