तनहुँमाथि स्याङजा ५ विकेटले विजयी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा स्याङजाले तनहुँलाई ५ विकेटले पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेल अन्तर्गत सोमबारबार भएको खेलमा टस जितेको तनहुँले पहिला व्याटिङ गर्दै १ सय ५ रनको सामान्य योगफल तयार पा¥यो ।

तनहुँको पारी ३६ ओभरमा समेटिदा रिन्जिन लामाको ३९ रन सर्वाधिक बन्न पुग्यो । सुप्रेम सुनारले १७ रन जोडे । स्याङजाका बलरहरु किरण भट्टराई र सुजन गौतमले समान ३ विकेट लिए ।

स्याङजाले २४.५ ओभरमा ५ विकेट गुमाएर विजय लक्ष्य प्राप्त गर्दा सुजन गौतमले नटआउट ४५ र किरण भट्टराईले २४ नटआउ रन जोडे । तनहुँका बलरहरु प्रदीप अर्याल र सचिन अधिकारीले समान २ विकेट लिए । खेलमा ३ विकेट सहित ४५ रन जोडेका स्याङजाका सुजन गौतम म्यान अफ द म्याच भए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्