सूचनाकाे हककाे लागि पाेखरा ६ मा सञ्जाल गठन तथा प्रशिक्षण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा महानगरपालिका वडा नम्वर ६ मा वडा सञ्जाल गठन गरी सूचनाकाे हक सम्वन्धी प्रशिक्षण दिईएकाे छ । हरेक नागरिककाे नैसर्गिक अधिकारकाे रुपमा रहेकाे सूचनाकाे हक अन्तर्गत सूचना विस्तार अभियान सुरुवात गरिएकाे हाे ।

वडा नम्वर ६‌ मा दुर्गाप्रसाद तिमिल्सिनाकाे संयोजकत्वमा टोल विकास संस्थाबाट सिफारिस ‌भएर आएका वडा सञ्जालको सदस्य रहने गरी सूचनाको हक का लागि वडा नं ‌६‌ सञ्जाल गठन गरि प्रशिक्षण दिईएकाे हाे ।

कार्यक्रममा प्रशिक्षक शिवराज बस्ताकोटी (शिव दाई) ले सूचना माग गर्ने तरिकाहरु,जानकारी तथा नागरिक सचेत हुने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख अथिती वडा नं ‌६‌ का वडा अध्यक्ष बिष्णु भट्टराईले सूचनाकाे हक सम्बन्धी जुनसुकै सूचना दिन पनि वडा तयार रहेको भन्दै मौखिक तथा लिखित सूचना यथासिघ्र उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले भ्रष्टचार र सुशासन कायम राख्न सूचना अभियान्ताहरुलाई सघाउने वचन दिए ।

सूचनाकाे हकका लागि पोखरा महानगर सञ्जालका अध्यक्ष अनिल थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन पोखरा महानगर सञ्जाल सचिव सागर कार्कीले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्