सांसद दिपक मनाङ्गेद्वारा राधाकृष्ण वृद्वाश्रममा राहत वितरण

  • ख-
  • ख+

बालकुमारी पाैडेल

पाेखरा, १८ जेठ । गण्डकी प्रदेशका सांसद दिपक मनाङ्गेले पाेखरा ३२ लामेआहालस्थित राधाकृष्ण वृद्वाश्रमका वृद्ववृद्वालाई राहत वितरण गरेका छन् ।

शनिवार एक कार्यक्रमका विच सांसद मनाङ्गेले आश्रममा झण्डै डेढ महिना पुग्ने खाद्य सामाग्री वितरण गरेका हुन् । आश्रममा हाल विभिन्न जिल्लाका ५२ जना वृद्ववृद्वा आश्रित छन् ।

पछिल्लाे समय विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण मूलूक बन्दाबन्दीमा भएपछि आश्रममा भएका वृद्ववृद्वालाई खाद्य अभाव नहाेस भन्ने उद्देश्यले राहात वितरण गरिएकाे सांसद मनाङ्गेले जानकारी दिए ।

सांसद मनाङ्गेले अहिलेकाे महामारीकाे अवस्थामा राहातकाे लागि सरकारकाे मात्र मुख नताक्न पनि सबैसँग आग्रह गरेका छन् ।

समाजमा रहेका सामाजिक व्यक्तित्वहरुले तडकभडक(जुवातास, जाँड रक्सी सेवन)मा खर्च गर्ने रकमलाई आफ्नै समाजका निमुखा वर्गलाई सहयाेग गरेर “आफू पनि बाँचाैँ र अरुलाई पनि बचाउँ” भन्ने अभियानमा लाग्न सुझाव दिएका छन् । आ-आफ्नाे समाज र जिल्लाभित्र एक अर्कालाई सहयाेग गरेमा पनि जनजीवन सहज बनाउन सकिने उनकाे भनाई छ ।

सांसद मनाङ्गे भन्छन्-“आफ्नाे जिल्ला(मनाङ)मा सरकारले भन्दा पनि यहाँका स्थानिय, जिल्लावासी तथा देश विदेशमा रहेका सबैकाे सहयाेगले निमुखा वर्गलाई पनि खाद्यान्नकाे कुनै समस्या छैन् ।”

आगामी दिनमा पनि छिट्ट‌ै नै सांसद मनाङ्गेले मनाङमा राहात लियर जाने याेजना रहेकाे उनका स्वकीय सचिव राेनित गुरुङले सिटिपाेखरा डट कमलाई जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्