मापदण्ड नजिक रहेका जग्गामा संरचना बनाउन वडाकाे  राेक,लालपुर्जा भएकाे जग्गामा संरचना बनाउन नपाएकाे जग्गाधनीकाे गुनासाे

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा महानगरपालिका वडा नम्वर ५ र ८ काे फिर्केखाेलाकाे सिमानामा फिर्केखाेलाकाे मापदण्डमा पर्ने जग्गामा वडाकाे स्वीकृत विना बनाउन लागेकाे संरचनालाई राेक लगाईएकाे छ ।

पाेखरा वडा नम्वर ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले फिर्के खाेला नजिक जग्गा रहेकाे भनिएका जग्गाधनि विनाेद कुमार भट्टचनले मापदण्ड विपरित पटक पटक अस्थायी संरचना बनाउने प्रयास गरेकाे र पटक पटक सम्झाई बुझाई गर्दा अटेर गरेपछि साेमवार सूचना बाेर्ड नै राखेर सम्वन्धित वडा कार्यालयकाे अनुमति विना संरचना बनाउन राेक लगाएईकाे बताए ।

यस अघि पनि भट्टचनले लामाे सरकारी विदा परेकाे समयमा वडाकाे स्वीकृत नलिई रातारात अस्थायी संरचना बनाउन प्रयास गरेकाे उनकाे आराेप छ ।

सम्वन्धित वडा कार्यालयका वडाध्यक्षहरुले जग्गावालालाई आवश्यक कागजपत्र वडामा पेश गरि अनुमति लियर मात्र संरचना बनाउन सुझाव दिएका छन् ।

तर जग्गा धनी विनाेदकुमार भट्टचनले भने आफ्नाे लालपुर्जा भित्रकाे जग्गामा घर बनाउन राेक लगाएकाेमा दुख व्यक्त गरेका छन् । उनले जग्गाकाे दायाँबायाँ बनेका घर, भवनलाई मापदण्ड नलाग्ने तर लालपुर्जा भित्रकाे मेराे जग्गामा मात्र किन घर बनाउन नपाउने ?भन्दै प्रतिप्रश्न गरेका छन् ।

यता जग्गामा राखिएकाे सूचना बाेर्डमा भने फिर्के खाेलाकाे मापदण्डमा पर्ने सार्वजनिक जग्गा भएकाले वडाकाे अनुमति विना संरचना बनाउन नपाउने भनिएकाे छ ।

उक्त कार्यक्रममा पाेखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, ७ का वडाध्यक्ष राममाेहन आचार्य, ८ का वडाध्यक्ष रुद्रनाथ बराल, नगर प्रहरी नायव निरिक्षक पुरुषाेत्तम थापा, नागरिक समाजका अगुवा रामबहादुर पाैडेल, स्थानिय समाजसेवी,स्थानिय नागरिकहरु, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्