अंगरक्षक तथा महिला हिंसा कानुनी सचेतना तालिम सुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गुरु फिजिकल ट्रेनिङ सेन्टरको आयोजना र पोखरा महानगपालिका र पोखरा ३२ वडा कार्यायलयको सहयोगमा अंगरक्षक तालिम तथा कानुनी सचेतना कार्याक्रम सुरु भएको छ ।

पोखरा ३२ राजाको चौतारामा रहेको बह्मा रुपा माध्यमीक विद्यालयका विद्यार्थीलाई एक हप्ते तालिम दिइने भएको हो ।

कार्यक्रमको उद्दघाटन गदै नव निर्वाचित संघिय संसद डाक्टर ढाका कुमार श्रेष्ठले युवालाई कानुनी ज्ञानको कमी आएको यस्ता कार्यक्रम सकरात्मक प्रभाव पार्ने बताएका छन् ।

श्रेष्ठले अहिले युवा सबै विदेश पलायन भएको कारण देशमा विकासले गति लिन नसेको बताए । रोजगारीको व्यवस्था गरेर देशमा नै रोजागरको व्यवस्था गरेर युवालाई देशमा नै रोजगारीको व्यवस्था गर्नुपर्ने बताए ।

विद्यालयका प्रधान्ध्यापक जनआर्जन सुबेदीले कार्यक्रमको सफलतको शुभकामना दिदै यस्ता कार्याक्रमले समाजमा सकरात्म प्रभाव पर्ने बताएका छन् ।

ढोडबेसी युवा क्लबका अध्यक्ष घनश्याम धमला, चौतारी युवा क्लबका अध्यक्ष सुर्य पौडेलले युवालाई खेलकुदमा जोड्नुपर्ने भन्दै समाजमा अंग रक्षा तालिम र कानुनी सचेतनाको खाँचो रहेको औंल्याए ।

गुरु फिजिकल ट्रेनिङ सेन्टरका संचालक सुरेशराज अधिकारीले विद्यार्थीले कार्यक्रममा सिकेको सिप र ज्ञान समाजमा बाड्नुपर्ने बताए । उनले अहिलेको समयमा समाजमा कानुनी चेतनाको खाँचो रहेको बताए । विद्यार्थीको माध्यमबाट समाजमा सबै मानिसमा यो ज्ञान फैलनुपर्ने बताए ।

कक्षा ६ देखी कक्षा १२ सम्मको विद्यार्थीलाई तालिम दिइने गुरु छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्