लेखनाथ महोत्सवको तयारी तिव्र

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

लेखनाथ ।

‘महोत्सव लेखनाथको सँस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको १८ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तिव्र रुपमा अगाडी बढेको छ ।

यसैविच पुसको ७ गते देखि १८ गतेसम्म चल्ने महोत्सवलाई सफल पार्नका लागि गठित विभिन्न उप समिति एवं कार्यसम्पादन समितिको शुक्रवार भएकाे बैठकले आ आफनो समितिबाट गरिएका प्रगति विवरण र तयारीका वारेमा जानकारी गराईएको थियो ।

महोत्सव आउन अव केही दिन मात्र बाकी रहेकाले अवको तयारीलाई कसरी अगाडी वढाउने सवालमा सुझावहरु संकलन गरि अन्तिम तयारीमा जुट्नका लागि महोत्सका संयोजक छत्रधर आत्रेयले सवैलाई अनुरोध गरे ।

आयोजकमा लेखनाथ उद्योग बाणिज्य संघ भएपनि यो महोत्सवलाई सफल पार्न सवैको साथ र सहयोग अपरिहार्य रहेकाले विगतमा संगालिएका अनुभव र देखिएका कमि कमजोरीलाई हटाउदै महोत्सवलाई सफल पार्न सवैले आ आफुले पाएको जिम्मेवारीलाई पुरा गर्नु पर्ने वैठकको निष्कर्श छ ।

संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष बाबुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरी भण्डारी र निवर्तमान अध्यक्ष बलराम ढकाल लगाएतले महोत्सवलाई व्यवस्थित बनाउनका लागि विगतका कमि कमजोरीलाई सुस्मरुपमा नियाली नयाँ नयाँ गतिविधि तथा प्रविधिको प्रदर्शनीलाई अगाडि बढाउदै सकरात्मक सोचका साथ अगाडी वढ्नु पर्ने सुझाव दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्