टाइगर ग्रुप अफ पोखरा नेपालकाे साधारण सभामा कार्यसमिति पुर्नगठन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
टाइगर ग्रुप अफ पोखरा नेपालको दोश्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरामा भलिबल खेल र सामाजिक क्षेत्रमा क्रियाशिल संस्थाको दाेस्राे साधारण सभामा कार्यसमितिको पुर्नगठन भएकाे छ ।

पुनर्गठित समितिकाे अध्यक्षमा नारायण प्रसाद शर्मा, उपाध्यक्ष देवेन्द्र केसी, महासचिवमा प्रकाश बराल, सचिवमा डिवी नेपाली, कोषाध्यक्षमा हरि बहादुर श्रेष्ठ र सदस्यहरुमा राजकुमार गुरुङ, रामकृष्ण ज्ञवाली, धोज कुमार गुरुङ, अशोक श्रेष्ठ, विष्णु गुरुङ, शिव श्रेष्ठ र जुग्नु शेरचन रहेका छन् । संस्थाको सम्पन्न साधारण सभामा १६ जनालाई साधारण सदस्यता समेत प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला धिकारी टेकबहादुर केसीले टाइगर ग्रुप अफ पोखरा नेपालले सामाजिक र खेलकुद क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले संस्थाका लागि कुनै सहयोग गर्नु परे कानुनको दायरामा रहि सहयोग गर्न आफू तयार रहेको बताए ।

साे अवसरमा प्रमुख जिल्ला अधिकारी केसीले कास्की संस्थाका सचिव समेत रहेका कास्की निर्वाचन क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश सभाका सांसद प्रकाश बराललाई सम्मान गरेका थिए ।

कार्यक्रममा आफ्ना धारणा राख्दै नवनिर्वाचित सांसद बरालले आफूले निर्वाचनमा जित हासिल गर्नुमा संस्थाको समेत महत्वपूर्ण साथ र सहयोग रहेको बताए । उनले आफू सधैं नागरिकको सुख दुखमा साथ दिने बताउँदै नैतिकता र इमान्दारिता पूर्वक सेवामा जुटिरहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले यस क्षेत्रको खेलकुद र सामाजिक क्षेत्रमा संस्थाले गरेका कार्यहरुको प्रशंसा गर्दै आगामी माघ ८ गतेदेखि पोखरामा सञ्चालन हुने तेश्रो टाइगर कप भलिबल प्रतियोगिताका लागि आफ्नी आमा स्व. जोगमाया गुरुङको स्मृतिमा ५१ हजार ५ सय सहयोग गर्ने घोषणा समेत गरे । उनले पोखरा रंगशाला भलिबल ट्रेनिङ सेन्टरको केही निर्माणका कार्यहरु पुरा गर्न समेत आग्रह गर्दै त्यसका लागि राखेपले समेत सहयोग गर्ने बताए ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले सबैको साथ र सहयोगले नै नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले सबै प्रदेश मध्ये पहिलो हुन सफल रहेको बताउँदै संस्थाले आयोजना गर्ने कार्यक्रममा परिषदको साथ र सहयोग रहिरहने बताए ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष टाइगर ग्रुपले खेलकुद विकास र सामाजिक क्षेत्रमा खेलेको भूमिका प्रशंसनिय रहेको बताउँदै खेलाडीको संरक्षण, सम्वद्र्धन र विकासमा कार्य गर्ने संस्थाहरुलाई राज्यले समेत विशेष सहयाेग गर्नु पर्ने कुरा औंल्याए ।

पोखरामा आयोजना हुने विभिन्न खेलकुद कार्यक्रमले पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्न महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले स्वस्थ्य नागरिक उत्पादनमा समेत खेलकुदको भूमिका रहेको चर्चा गरे ।

संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको साधारण सभामा पोखरा महानगर पालिकाका प्रवक्ता तथा वडा नं २५ का अध्यक्ष मोतीलाल तिम्सिना, वरिष्ठ लोक दोहोरी गायक तथा प्राज्ञ प्रजापती पराजुली, उपाध्यक्ष देवेन्द्र केसी, नेपाल खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, संस्थाका कार्यवाहक सचिव डिवी नेपाली लगायतले आफ्ना भनाई राखेका थिए ।

वार्षिक साधारण सभामा कार्यवाहक सचिव डिवी नेपाली द्वारा प्रस्तुत संस्थाको साङ्गाठनिक प्रतिवेदन र कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ भने संस्थाको विधानमा समेत केही संसोधन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्