लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा अठार कविद्वारा अठार कविता वाचन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

लेखनाथ ।

यही पुस ७ गतेदेखि शुरु हुने १८औं लेखनाथ महोत्सवको पुर्वसन्ध्यामा अठार कविले अठार कविता वाचन गरेका छन।

कवि सिरोमणी लेखनाथ पौडेलमा समर्पित गरेर उनीद्वारा रचीत अठार कविता अठार जना कविहरुले वाचन गरेका हुन्।

कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार सरुभक्त श्रेष्ठले कवि शिरोमणि लेखनाथ पौडेल कविहरुका पनि कवि भएको बताउँदै उनको सम्मानका लागि यही क्षेत्रका व्यक्तित्वहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा कविहरु ऋषिकेश बरालले ऋतुविचार, तारानाथ पराजुलीले पुर्वस्मृती, डा. इश्वरमणि अधिकारीले चरीको बिलाप, जीवनसागर भण्डारीले गौथलीको चिरीविरी, अमृता पोख्रेलले काल महिमा, नवराज अधिकारीले पिँजडाको सुगा, नारायणी अधिकारीले तरुण तपसी, अम्बिका प्रसाद भट्टराईले हिमाल, छन्दिका त्रिपाठीले आमाको सम्झना, सागर केसीले नैतीक दृष्टान्त कविता वाचन गरेका थिए ।

यस्तै कविहरु पद्मराज ढकालले बुद्धि बिनोद, नारायण प्रसाद पोख्रेलले मेरो किशोर, निर्मल सोतीले साहित्यको फुटबल, डा. जगन्नाथ रेग्मीले कलमसित, शिव संकल्पले सत्य सन्देश, बिकेश गिरीले कुन्जवर्तिनीबिप्रलब्धा, शिव त्रिपाठीले वसन्तकोकिल र माधवशरण उपाध्यायले भानु अस्तायेपछि लगायतका कविताहरु वाचन गरेका थिए ।

उक्त अवसरमा वडा न. २७ का अध्यक्ष पुर्णकुमार गुरुङ, लेखनाथ उद्याग वाणिज्य संघका पुर्वअध्यक्ष सुमन भट्टराई लगायतले बोलेका थिए ।

महोत्सवका संयोजक छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यिक कार्यक्रम उपसमिति सह–संयोजक सन्जिव पौडेलले स्वागत गरेका थिए भने धन्यवाद ज्ञापन उप–समितिका सदस्य मदन घिमिरेले र कार्यक्रमको संचालन संयोजक केपी ढुंगानाले गरेका थिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूलनाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्नका लागी आयोजकले निशुल्क स्टलको ब्यवस्था गरेको छ भने महोत्सवमा रेष्टुरेण्ट, हस्तकला, कृषी, अटो, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सुचनाप्रविधी र उद्योगका स्टलहरु रहने प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले वताए ।

महोत्सवमा साहित्य, महिलाविशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचनाप्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन ।

महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने छन ।

१० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवबाट ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने बताईएको छ । बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कविशिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना रहेको छ ।

२ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको महासचिव उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए । महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सह प्रायोजकको रुपमा रहेको छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्