स्पेन संग हुने मैत्रीपुर्ण फुटबल प्रतियोगितामा गण्डकी ११ अनिलको कप्तानीमा उर्तने

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । स्पेन फुटबल टीम संग पुस १३ गते हुने भनिएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा गण्डकी ११ फुटबल टीम अनिल गुरुङको कप्तानीमा उर्तने भएको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा हुन गईरहेको प्रतियोगितामा फुटबलको सबै भन्दा ठुलो प्रतियोगिता विश्वकपमा सहभागी भएका खेलाडी पोखरा रंगशालामा फुटबल खेल्नकै लागि आउदै छन ।

फुटबलका पुर्व खेलाडी समेत रहेका कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रञ्जितले नेपालमा फुटबल खेल्नकै लागि यति ठुलो खेलाडीहरु पहिलो पटक आउदै छन । त्यसमा पनि कास्की पोखरालाई नै उहाँहरुले रोज्नु भएको छ । फुटबल विकासको लागि यो प्रतियोगिता ब्रेक थ्रु हुन सक्छ । उनले भने ।

फुटबल विकासको लागि म संघको अध्यक्षमा आएको मान्छे हुँ,फुटबल विकासको लागि लुम्बिनी गार्डेन फाउन्डेसनले ल्याएको प्रस्तावलाई स्वीकारर्दे आफनो व्याक्तिगत र संस्थागत सहयोग रहने बताए ।

गण्डकी ११ फुटबल टीमको लागि अनिल गुरुङको कप्तानीमा दिप कार्की,राजा बाबु मगर,मान बहादुर तमाङ,आशिष गुरुङ,रन्दिप पौडेल,जिवन गुरुङ,सुमित श्रेष्ठ,सरोज योन्जन,बिसन गुरुङ,जया गुरुङ,कमल बहादुर थापा,विजय श्रेष्ठ,दिपेश आले मगर,शान्त बहादुर गुरुङ,लक्ष्मण रुचाल,सुवास गुरुङ र टिम म्यानेजरमा रोसन राना मगर रहेका छन ।

स्पेनको टीम संग १३ गते हुने भनिएको मैत्रीपुर्ण खेलका लागि गण्डकी ११ को फुटबल टीम दैनिक प्रशिक्षण गरिरहेको टीम कप्तान अनिल गुरुङले बताए ।

स्पेनको काथेरेन्यो फुटबल क्लब नेपाल मैत्रिपुर्ण फुटबल प्रतियोगिताको लागि नेपाल आउनु भनेको नेपाल र नेपाली फुटबल विकासको लागि ठुलो अवसर हो । यस्तो सुनौलो मौकालाई अवसरको रुपमा लिन फाउन्डेसनका महासचिव एकराज गिरिले सबैलाई आग्रह समेत गरेका छन ।

विशुद्ध सामाजिक सेवा गर्ने उद्धेश्यले स्थापना भएको लुम्बिनी फाउन्डेसनले भगवान गौतम बुद्धको जन्म भुमिमा प्रत्येक वर्ष स्पेनका चर्चित खेलाडीहरुलाई मैत्रिपुर्ण फुटबल प्रतियोगिताको लागि नेपाल भित्राउने योजना बनाएको उपाध्यक्ष गोविन्द सुवेदीले बताए ।

पुस १३ गते हुने भनिएको मैत्रीपुर्ण फुटबल प्रतियोगिताको लागि प्रदेश सरकार,महानगरपालिका,प्रदेश खेलकुद मन्त्रालयमा आवश्यक छलफल भई सकेको फाउन्डेसनका सुन्दर थापाले बताए । अब १/२ दिनमा अनलाइन टिकट बिक्रिको लागि खुल्ला गर्छो । फुटबल हेर्ने दर्शकको लागि सोही दिन डोर टिकटको व्यवस्था पनि हुने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्