आहा ! रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा ।२२ औ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक भएको खेल तालिका अनुुसार पुुुुस १४ गते उद्धघाटन खेलमा आयोजक सहारा फुटबल क्लब र धरान फुटबल क्लब प्रतिस्पर्धा गर्ने छ ।
अमेरिकन फुटबल क्लब सहित १० टीमको सहभागिता रहको २२ औ आहा रारा पोखरा गोल्डकपका टीमहरुलाई दुई समुहमा विभाजन गरिएको छ ।
समुह ए मा नेपाल एपिएफ क्लब,धरान फुटबल क्लब,त्रिभुवन आर्मी क्लब,संकटा क्लब र आयोजक सहारा क्लब रहेका छन ।
त्यस्तै समुह बि मा मछिन्द्र फुटबल क्लब,नेपाल पुलिस क्लब,मनाङ मस्र्याङदी क्लब,र्चच ब्वाईज युनाइटेड फुटबल क्लब र अमेरिकन फुटबल क्लब बीवाईएससी रहेका छन ।

पुस १४ गते देखि आयोजना हुने फुटबल प्रतियोगिता पुस २३ गते समापन हुने आयोजक सहारा क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख नगद सहित प्रमाणपत्र,मेडल र ट्रफि प्राप्त गर्ने छ ।

सहारा क्लब पोखराले फुटबल प्रतियोगिता २०५८ साल देखि नियमित गर्दे आईरहेको छ । प्रतियोगिता आहा ! रारा गोल्डकपको नाम बाट स्थापित भए पनि यस वर्ष देखि आहा रारा पोखरा गोल्डकप भएको छ ।

प्रतियोगिताको पहिलो संस्करण देखि नै मुुख्य प्रायोजकको रुपमा रहेको हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

प्रतियोगिताको सह उप प्रायोजक मुल्केरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रा.लि.नागढुंगा रहेको छ । एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी,अफिसियल बैक लुम्बिनी विकास बैंक,अनलाइन टिकेटिङ पार्टनर-MY PAY,अफिसियल स्पोर्ट्स वयर एक्स टेप,एयरसन ईन्टन्यासनल प्रा.लि इन्टरनेट पार्टनर,पब्लिक 4K,टेलिभिजनले प्रत्यक्ष प्रसारण,अफिसियल एयरलाइन्स बुद्ध एयर रहेका छ । त्यस्तै बेस्ट अफ फाइभलाई ट्रफी तथा प्रत्येक खेलका म्यान अफ दि म्याचलाई नगद र ट्रफी प्रायोजन सहारा क्लब युकेले गरेको छ । सहारा हङकङले भने प्रतियोगिताको लागि नगद ३ लाख उपलब्ध गराएको क्लबका अध्यक्ष हरेराम गुरुङ (सुरज)ले बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्