आठौं पेक टेक्निकल एक्स्पो शुरु,पहिलाे दिन १५ सय भन्दा बढिले गरे अवलाेकन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। आठौं पेक टेक्निकल एक्स्पो २०२२ शुक्रवारदेखि शुरु भएको छ । पोखरा इन्जिनियरिङ कलेजले गरेकाे पेक एक्स्पो शनिवारसम्म चल्नेछ ।

एक्स्पाेकाे पहिलाे दिन १५ सय भन्दा बढिले एक्स्पाे अवलाेकन गरेका छन् । पाेखराका २० वटा भन्दा बढि विद्यालय तथा कलेज, अभिभावक, पत्रकार तथा अतिथिहरु गरि १५ सय भन्दा बढिले एक्स्पाे अवलाेकन गरेकाे पाेखरा पोखरा इन्जिनियरिङ कलेजका काेअडिनेटर रिसर्च म्यानेजमेण्ट सेल इन्जिनियर कृष्ण घिमिरेले सिटीपाेखरा डट कमलाई जानकारी दिए ।

३८ वटा प्रदर्शनी स्टल रहेको एक्स्पोमा १७ वटा सिभिल इन्जिनियरिङको, ११वटा कम्पुयुटर इन्जिनियरिङ र १० आर्किटेकको स्टल रहने छन । प्रदर्शनीमा विद्यार्थीहरुले उत्पादन गरेका करिब ५० वटा प्रोजेक्टहरु राखिएकाे कलेजका डाइरेक्टर अमर गुरुङले बताए ।

उनका अनुसार एक्स्पोका आकर्षणको रुपमा चोरी विरोधी प्रणाली, सडक सुरक्षा प्रणाली, मेरो भोट, गृह स्वचालन प्रणाली, रोबोटिक हात, फिंगरप्रिन्ट लक प्रणाली, एग्रोमार्ट वेबसाइट, सांस्कृतिक घरहरू, स्तूप, अन्तर्राष्ट्रिय भवन, ल्यान्डस्केप डिजाइन मोडेलहरू, प्राचीन ऐतिहासिक वास्तुकला, प्रमुख वास्तुकला भवनहरू, पानी आपूर्ति प्रणाली, ई–रोड, मिनी हाइड्रोपावर, मलजल उपचार लगायतका सामाग्री रहेका छन् ।

हरेक दुई/दुई वर्षमा हुने एक्स्पोमा प्रर्दशनीमा कलेजभित्रका विद्यार्थीबिच प्रतिस्पर्धा हुन्थ्यो भने यो पटक अन्य कलेजका विद्यार्थी पनि सहभागी भएकाे कलेजका एडमिनिष्टेटर हिमलाल भुषालले जानकारी दिए ।

यसरी सहभागी भएका अन्य कलेजहरुमा मदन भण्डारी कलेज उर्लाबारी माेरङ, पाेखरा विश्वविद्यालयबाट स्कुल अफ इन्जिनियरिङ, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज (सिभिल र कम्प्युटर स्टल), गण्डकी कलेज अफ इन्जियरिङ एण्ड साइन्स (कम्प्युटरकाे दुईटा स्टल) रहेका छन् ।

एक्स्पाेमा सहभागी भएका विद्यार्थीहरुले आफुहरुले एक्स्पाेमा सहभागी हुन पाउँदा निकै उत्साहित र खुसी भएकाे प्रतिक्रिया दिएका छन् । प्रत्येक दुई वर्षमा हुने एक्स्पाे हरेक वर्ष भएमा आफुहरुकाे सिकाई अझ प्रभावकारी हुने उनीहरुकाे विश्वास छ ।

एक्स्पाे शुरु हुनु अघि भएकाे औंपचारिक कार्यक्रममा बाेल्दै कलेजका प्राधनाध्यापक आर्किटेक रोजना जोशीले विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा इन्जिनियरिङ पढाईका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएकाे बताइन् । कार्यक्रममा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, विषेश अतिथि सिटीईभिटीबाट प्राेभिन्स डाइरेक्टर प्रमाेद आचार्य, पाेखरा इन्जिनियरिङ कलेजका डाइरेक्टर डा.शैलेश गुरुङ लगायतले एक्स्पाेकाे महत्वका बारेमा बाेलेका थिए ।

कलेजकाे सञ्चालक समितिकाे अध्यक्ष हिरा गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत नम्रता लम्साल र सञ्चालन विद्यार्थीद्वय अग्रता शर्मा र विरेन्द्र जि.सीले गरेका थिए भने कार्यक्रम विद्यार्थीहरुले दुई वटा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

सिभिल, कम्प्यूटर इन्जिनियरिङ र आर्किटेक्चरका साथै स्नातकोत्तरमा एम.एस्सी.कनस्ट्रक्शन म्यानेजमेन्ट विषयको पढाई भइरहेको छ । पोखरा विश्वविद्यालयको सम्वन्धनमा स्नातक र स्नातकोत्तर साथै सिटिइभिटिसँगको सम्वन्धनमा यस कलेजमा डिप्लोमा तहको पढाई हुन्छ । यस पोखरा इन्जिनियरिङ कलेजमा डिप्लोमा, स्नातक तह र स्नातकोत्तर तहमा गरि करीव ८ सय विद्यार्थी अध्ययनरत छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्