वर पिपल बहुउद्देश्यीय सहकारीकाे अध्यक्षमा विल बहादुर भुजेल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । वर पिपल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पुर्णता पाएकाे छ । संस्थाकाे शनिवार सम्पन्न प्रारम्भिक साधारण सभाले संस्थाकाे सञ्चालक समिति र लेखा समिति गठन गरेकाे छ । संस्थाकाे सञ्चालक समितिकाे अध्यक्षमा विल बहादुर भुजेल चयन भएका छन् भने उपाध्यक्षमा प्रेम बहादुर भुजेल, सचिवमा लिल बहादुर घर्ति र कोषाध्यक्षमा सुरज प्रकाश भुजेल सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा पुर्ण बहादुर भुजेल, ढकमाया घर्ती, समुन्द्र घर्ती, मोतिकला जि.टी.के .सी र कर्ण बहादुर भुजेल चयन भएका छन् ।

यसैगरी संस्थाकाे लेखा समितिमा सुरविर भुजेल, मिन बहादुर भुजेल र सन्तोषी भुजेल सर्वसम्मत चयन भएका छन् ।

यसअघि संस्थाकाे कार्यालयकाे उद्घाटन गर्दे कास्की ३ ख बाट निर्वाचित प्रदेश सभा सदस्य प्रकाश बरालले नैतिकता, इमान्दारिता, क्रियाशिलता र आत्मविश्वास लिएर सहकारीमा लाग्न अनुराेध गर्दै सहकारीसँग आफ्नाे सहकार्य सदैव रहने उल्लेख गरे ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजकुमारी भुजेलले निकास र विकासकाे लागि आफुले सदैव सहयाेग गर्ने बताईन् ।

सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका प्रमुख तथा दर्ता अधिकारी रमेश घर्तीले सहकारीमा बचतकाे तरिका, ऋण लगानी, सुरक्षा, धिताे, सहकारीमा आईपर्ने द्वन्द लगायतका विषयमा प्रष्ट पारेका थिए ।

पाेखरा २२ का वडाध्यक्ष हिमलाल बरालले सहकारीकाे प्रगतिकाे लागि शुभकामना दिदै आफ्नाे वडामा कार्यालय रहेकाे संस्थालाई वडाकाे तर्फबाट सक्दाे सहयाेग गर्ने बताए ।

सहकारी रजिष्ट्रारका गण्डकी प्रदेशका अधिकृत तथा प्रशिक्षक चाेलाकान्त वाग्लेले सहकारीका ऐन नियम तथा सहभागिताका सम्वन्धमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सहकारीका सात सिद्वान्तहरु संस्थाका सेयर सदस्य माेतिकला जिटी के सीले वाचन गराएकी थिईन् ।

संस्थाका अध्यक्ष विल बहादुर भुजेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत संस्थाका उपाध्यक्ष प्रेमबहादुर भुजेल र सञ्चालन संस्थाका सचिव लिलबहादुर घर्तिले गरेका थिए ।

पाेखरा २२ मा कार्यालय रहेकाे संस्थाकाे पुँजी ४६ लाख पाँच हजार रुपैयाँ रहेकाे छ भने संस्थामा ६९ जना महिला र ५२ जना पुरूष गरि १ सय १२१ सेयर सदस्य आवद्व छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्