स्पेनको जम्बो टीम मैत्रीपुर्ण फुटबल खेल्न स्पेनबाट हिड्यो,भोली बिहान नेपाल आइपुग्ने

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । स्पेनको जम्बो टोली मैत्रीपुर्ण फुटबल खेल्न नेपालको लागि स्पेनबाट हिडेका छन । उनीहरु नेपालको एयरपोर्टमा भोलि आईपुग्ने जनाइएको छ ।

स्पेनको राष्ट्रिय टीमबाट विश्वकप र युरोकप जस्ता ठुला प्रतियोगितामा सहभागिता भईसकेका खेलाडीहरु स्पेनको टोलीमा रहेको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले जनाएको छ ।

५५ जनाको जम्बो टोलीमा खेलाडीहरु संगै स्पेन फुटबल फेडरेसनका उपाध्यक्ष पनि रहेको फाउन्डेसनका महासचिव एकराज गिरिले बताए ।
स्पेनको टोलीले पुस १३ गते गण्डकी ११ संग पोखरा रंगशालामा र पुस १४ गते काठमाडौमा मैत्रीपुर्ण फुटबल खेल्ने कार्यक्रम रहेको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनले पहिलो पटक नेपालमा आयोजना गर्न लागेको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा सहभागि हुन लागेको स्पेनको काथेरेन्यो फुटबल क्लब पुस २० गते व्यवसायिक फुटबल क्लब रियलम्याड्रिड संग प्रतिस्पर्धा गर्ने क्लब हो ।

स्पेनको टोली भोलि नै पोखरा आइपुग्ने र दिनको २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
पोखरा रंगशालामा आयोजना हुन लागेको यो मैत्रीपुर्ण फुटबल प्रतियोगिताको सहकार्य गरिरहेका कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रञ्जितले मैत्रीपुर्ण फुटबल खेलको तयारी अन्तिम चरणमा पुगेको बताए ।

स्पेनबाट विश्वकप र युरोकप खेलेका जुलिओ सालिनास पोखरामा मैत्रीपुर्ण फुटबल खेलेर हिमाल आरोहणमा जाने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्