स्पेन भर्सेस गण्डकी ११ को मैत्रीपुर्ण फुटबल म्याच भोली

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेन र गण्डकी ११ बीच पुस १३ गते हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दे पुस १३ गते हुने मैत्रीपुर्ण फुटबलको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।प्रतियोगितामा स्पेनको काथेरेन्यो क्लब र गण्डकी ११ बीच प्रतिस्पर्धा हुने छ ।

“शान्तिको लागि फुटबल”भन्ने मुल नाराका साथ आयोजना हुन लागेको फुटबल प्रतियोगिताको लागि पोखरामा आज बिहान ५५ जनाको जम्बो टोली पोखरा आईपुगेको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एक राज गिरीले बताए ।

लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष कार्लाेस आर्दोन्येजले बुद्धको जन्म भुमिमा आएर विश्वभर फुटबलको माध्यमबाट शान्तिको सन्देश प्रवाह गर्न पाउँदा खुसी लागेको कुरा व्यतm गरेका थिए । ‘स्पेनको ंमिडिया सहित काथेरेन्यो क्लब नेपालमा फुटबल खेल्न आउनु भनेको नेपाललाई विश्वले अझ नजिकबाट चिन्न पाउनु हो ।’अध्यक्ष र्कालोसले भने ।

काथेरेन्यो क्लबका अध्यक्ष जोसे मानुयलले काथेरेन्यो क्लब स्पेनको बि डिभिजनको माथिल्लो स्तरको क्लब भएको जनाएका छन ।
उनीहरु व्यवसायिक फुटबलर भएकोले पोखरामा भोलि हुने मैत्रीपुर्ण फुटबल प्रतियोगितामा उत्कृष्ट खेल पस्कने क्लबका अध्यक्ष जोसे मानुयलले बताए ।

अब आउने जनावरी ४ मा रियल म्याड्रिड संग खेल्ने टीम भएकोले गण्डकी ११ संग हुने मैत्रीपुर्ण खेल वार्मअप म्याच हुने काथेरेन्यो क्लबका प्रशिक्षक खुलिओ कोबोसले बताए ।

गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङले पनि आफ्नो टीम सन्तुलित भएको जानकारी दिदै भोलिको खेल उत्कृष्ट हुने बताए । स्पेनको काथेरेन्यो क्लब संग हामीले फुटबल खेल्न पाउनु हाम्रो लागि एउटा ठुलो अवसर भएको जनाउदै गण्डकी ११ ले तयारी राम्रो गरेको कप्तान अनिल गुरुङले जनाएका छन ।

स्पेनका पुर्व राष्ट्रिय खेलाडी एंव कुवेत राष्ट्रिय टीमका पुर्व कोच मिचेल कार्रियरोले भोलि हुने खेल रोमाञ्चक हुने बताउदै समय तालिका टाइट भएकोले अहिले घुम्न नपाए पनि पछि घुम्नकै लागि नेपाल आउने बताएका छन ।

स्पेनको टीममा स्पेनिस राष्ट्रिय टीमका पुर्व खेलाडी,बार्साका पुर्व राष्ट्रिय खेलाडी एवं स्पेनबाट विश्वकप ,युरोकप खेलेको जुलिओ सालिनास लगायतका थुप्रै युवा खेलाडीहरुको सहभागिता रहेको छ ।

नेपाली फुटबलका पुर्व राष्ट्रिय कप्तान अनिल गुरुङको कप्तानीमा रोशन राना,दिप कार्की,राजा बाबु मगर, मन बहादुर तामाङ,आशिष गुरुङ,रनदिप पौडेल,जिवन गुरुङ,सुमित श्रेष्ठ,सरोज योञ्जन,विसन गुरुङ,जया गुरुङ,कमल थापा मगर,विजय श्रेष्ठ,दिपेश आले मगर,शान्त बहादुर गुरुङ,लक्ष्मण रुचाल र शुभाष गुरुङ रहेका छन ।

मैत्रीपुर्ण फुटबलमा सहकार्य कास्की जिल्ला फुटबल संघले गरेको छ । प्रतियोगिता भोलि पोखरा रंगशालामा दिनको २ बजे हुनेछ । मैत्रीपुर्ण फुटबल हेर्ने इच्छुक दर्शकले पोखरा रंगशालामा नै टिकट काटेर हेर्न सकिने व्यवस्था गरेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रञ्जितले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्