पोखरा ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्योगी व्यावसायिक र सरकारी निकायहरूले श्रमिकको सुरक्षाको विषयलाई आफ्नो पहिलो शर्त र प्राथमिकतामा राख्नु पर्ने बताएका छ्न्।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैंसेपाटी ललितपुरको आयोजना र श्रम तथा रोजगार कार्यालय पोखराको समन्व मा पोखराका उद्याेग प्रतिष्ठानहरूमा कार्यरत श्रमिकहरूका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धित चार दिने सचेतनामुलक तालिमको उद्घाटन गर्दै पाैडेलले साे कुरा बताएका हुन्।
उनले देश विकास र समृद्धिमा महत्त्वपूर्ण भुमिका खेल्ने श्रमिकहरू उत्पादन र निर्माणका मेरुदण्डको रूपमा रहेको हुँदा उनीहरुको हक र सामाजिक सुरक्षामा बनेका नीति नियमलाइ कडाइका साथ व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
यसअघि जारी भएका सामाजिक सुरक्षा ऎन लगाएत सम्पूर्ण नियमको नियगमन र प्रभाबकारी कार्यान्वयनमा रोजगारदाताहरूलाइ ध्यानाकर्षण गराउदै राज्यका तीन तहका सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
उनले उक्त तालिम श्रमिकको सुरक्षा र स्वास्थ्यका बारेमा सुसूचित गराउन महत्त्वपूर्ण हुनेविश्वास ब्यक्त गरे।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखरामा कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकाल , पोखरा औधोगिक क्षेत्र व्वस्थापन कार्यालका प्रमुख किशोर पाण्डे , सो औधोगिक क्षेत्र उद्योग संघका प्रथम उपाध्यक्ष रुद्र लाल श्रेष्ठ ,कार्यक्रम संयोजक यमन राना ,लगायतले मन्तव्य व्यक्त गरेका थिए।
चार दिन सम्म चल्ने सो तालिममा पोखराका विभिन्न उद्योग प्रतिष्ठानहरूमा कार्यरत व्यावसायिक ब्यक्तित्व एबम श्रमिकहरूलाई पेशागत सुरक्षा र स्वास्थफ कार्यस्थलमा हुने जोखिम र त्यसको न्यूनीकरणमा आवश्यक उपाय,कार्यस्थलमा हुन सक्ने लागू औसध र लैङ्गिक हिंसा,सुरक्षा उपकरण,आकस्मिक तयारी ,श्रम ऎन तथा नियमावली सम्वन्धी कानुनी व्यवस्था लगायका विषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ।
उद्घाटन कार्यक्रम व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैंसेपाटी ललितपुरका रसायनविज्ञ सतिश कुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो।