धरानका बुढाथोकीले ४ औं मिनेटमा गरेको गोल नै निर्णायक

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । सहारा क्लबको आयोजनामा आज देखि संचालन भएको २२ औं आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा धरान फुटबल क्लब विजयी भएको छ ।

धरानको जितमा प्रकाश बुढाथोकीले पहिलो हाफको ४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । धरानले आयोजक सहारालाई १–० गोल अन्तरले पाखा लगाउदै अगाडीको बाटो तय गरेको हो ।

आयोजक सहाराका डिफेन्डर भागवत चौधरीले धरानका प्रकाश बुढाथोकीलाई डिबक्स नजिक व्याड ट्याकल गरे पछि रेफ्री नविन्द्र मर्हजनले फल दिएको थियो । धरानका बुढाथोकीले पाएको उक्त फ्रि किकलाई पहिलो बार च्यापदै हानेको बलले सिधै जाली चुमेको थिए ।

आयोजक सहाराले पटक पटक पाएको अवसरलाई सदुपयोग गर्न सकेन । धरान फुटबल क्लबले अब विभागिय टोली एपिएफ संग पुस १६ गते भिड्ने छ । आयोजक सहारा आजको हार संगै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको दोस्रो दिन भोलि विभागिय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेट फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ । आज खेलमा  एक मात्र गोल कर्ता धरानका प्रकाश बुढाथोकी म्यान अफ द म्याच  घोषित भए ।

आज भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले पोखराको रंगशाला खेल विकासका लागि नै निर्माण भएकोले खेल विकासका लागि लाग्ने संघ संस्थालाई दिल खोलेर व्यातिmगत र संस्थागत सहयोग गर्ने बताए । उनले भने पोखरा रंगशालामा अब फल्ड लाईट र स्वीमिङपुलको आवश्यकता भएकोले सबै मिलेर निर्माणकार्य अघि बढाउनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायले विश्वकप भर्खरै सकिएको छ । विश्वकपमा नेपालले सहभागिता जनाउने लक्ष्य राखेर अघि बढ्न पर्ने बताए ।  रंगशाला राम्रो बनेको छ । अब पोखरामा रात्रीकालिन खेल खेलाउनको लागि फल्डलाइट राख्न पोखरा महानगरपालिकाले सहयोग गर्ने बताए । खेल शुरु हुनु अघि फुटबलका महान खेलाडी पेलेको निधनमा १ मिनेट मौन धारण समेत गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्