आहा ! रारा पोखरा गोल्डकप : चिसो मौसममा अन्नतको तातो गोलले चर्च ब्वाइज विजयी

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा जारी २२ औं आहा ! रारा पोखरा गोल्डकपको शुक्रबार सम्पन्न भएको खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब विजयी भएको छ ।

चर्च ब्वाइज युनाइटेडले आहा ! रारा गोल्डकपको ६ पटकको विजेता नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले जितेको हो ।

पुलिस क्लबका रवि शंकर पासवानले खेलको २५ औं मिनेटमा गोल गर्दे पुलिसलाई अग्रता दिएका थियो । पुलिसले खेल अवधिभर टिम गेम प्रस्तुत गरे पनि अन्ततःचर्च ब्वाइज युनाइटेड क्लबलाई नतिजा सुम्पन्न बाध्य भयो ।

चर्च ब्वाइजका डिफेन्डर कप्तान अनन्त तामाङले मिडफिल्डले दिएको ब्याक पासलाई फस्ट टाइम क्लियर गर्न खोज्दा मिस भएको बल पुलिसका स्ट्राइकर निर कुमार राईले दिएको पासलाई फुर्तिला रवि पासवानले गोलमा परिणत गरेका थियो ।

आज भएको खेलमा चर्च ब्वाइजको मिडलाइन अप निकै राम्रो देखिए पनि डिफेन्स लाइनअप कमजोर देखिएको थियो ।
चिसो मौसममा तात्न नसकेको चर्च ब्वाइज खेलको अनत्यतिर भने तातेको थियो । खेलको दोस्रो हाफमा निकै आक्रमक देखिएको चर्च ब्वाइजले ७१ औं मिनेटमा अन्जन विष्टको गोल मार्फत बराबरी बनाएका थिए ।

निर्धारित समयमा दुवै टीमले १–१ को बराबरी खेले पछि खेल एक्स्ट्रा टाइमा धकेलिएको थियो ।

खेलको १०० औ मिनेटमा तेज तमाङले प्रहार गरेको कर्नर अन्जन बिष्टको ब्याक हेड मार्फत आएको बललाई अनन्तले हेड मार्फत गोल गरेको थियो ।

उनले खेल अबधिभर खासै राम्रो खेल प्रर्दशन गर्न नसके पनि उक्त गोलले उनका सबै गल्ति भुलाईदियो,अनन्तःसोही गोलले टीमलाई जित पनि दिलाए ।

खेल सकिए पछि पोष्ट म्याच कनर्फेन्समा पुलिस क्लबका तर्फबाट उपस्थित भएका रबिन श्रेष्ठले रेफ्रीले गरेको डिसिजनका कारण हार्न पुगेको बताए ।

आजको खेलमा म्यान अफ द म्याच चर्च ब्वाइजका अन्जन विष्ट धोषित भए। चर्च ब्वाइजले अब पुस १७ गते मछिन्द्र फुटबल क्लब संग भिड्ने छ ।

आहा ! रारा पोखरा गोल्डकपको तेस्रो दिन भोलि पहिलो क्वाटरफाइनल खेल आयोजक सहारालाई जितेको धरान फुटबल क्लब र नेपाल एपिएफ क्लब बिच रहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्