पाेखरा ५ एकलधारा मार्गमा सडक बाटाेकाे स्तरोन्नति सुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश रामदाम/पाेखरा । पोखरा महानगरपालिका वडा नं.५ को एकलधारा मार्गमा सडक बाटोको फराकिलो तथा स्तरोन्नति गर्न सुरु भएको छ ।

एक सय नौ घर उपभोक्त समितिको सहमतिमा ५ सय २५ मिटर लम्वाईको बाटो स्तरोन्नति हुन लागेको हो ।

आज सडक छेउछाउ २२ फिटमा पर्ने पर्खाल भत्काइ काम को सुरुवात गरेको वडा अध्यक्ष विष्णु बरालले बताए ।

सिमाङ्कन भएको बाटोको न्यूनतम २२ फिट चौडाइ नघटाई अहिले भएको बाटोको दुवै तर्फ कम्तीमा नालीदेखि दुइ दुई फिट जग्गा छोडी वाटो बढाउने र पिच गर्ने लागेको बाटो निर्माण समितिका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

यस्तै बरालका अनुसार विजुलीको पोल सार्ने सम्बन्धी विद्युत कार्यालयसँग समन्वय, दुरसञ्चार कार्यालयसंग टेलिफोन तारलाई स्थान्तरण गर्नको लागि समन्वय गर्न र खानेपानी संस्थानसंग समन्वय गर्नको लागि समितिका विभिन्न पदाधिकारीहरुलाई जिम्मेवारी दिएको थियो । जस अनुसार सडक कालोपत्रे हुने गरी अघि बढेको छ ।

पोखरा महानगरपालिकाले यस वर्षका लागि विनियोजन गरेको चालीस लाख मध्ये त्यस अन्तरगत रहेर ३ सय मिटर सडक विस्तार तथा स्तरोन्नति गर्न लागेको समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्