एपिएफले धरानको यात्रा रोक्यो

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । सहारा क्लबको आयोजनामा पोखराको रंगशालामा जारी २२ औ आहा ! रारा पोखरा गोल्डकपको शनिबार सम्पन्न भएको  खेलमा डिफेन्डिङ  च्याम्पियन विभागिय एपिएफ विजयी भएको छ ।

एपिएफले धरान फुटबल क्लबलाई २–० गोल अन्तरले जितेको हो । खेलको ३७ औ मिनेटमा विकु तमाङले गोल गर्दे एपिएफलाई अग्रता दिलाएको थियो । उनले धरानका गोलकिपर बिट भएको मौकामा चिप हानेको बलले जाली चुमेको थियो ।

उद्घाटन खेलमा आयोजक सहारा क्लबमाथि जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको धरानको यात्रा यतिमै सिमित भएको छ ।

निकै आक्रमक खेलेको धरानले पटक पटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न प¥यो । खेलको ७ औ मिनेटमा धरानका वर्तमान राईले डिबक्स भित्र बाट प्रहार गरेको पावरफुल सट क्रसबार माथि बाट बाहिरेको थियो ।

खेलको ४० औ मिनेटमा एपिएफका युवराज खडकाले गोल गर्दे गोल संख्या दोब्बर पारे । विकु तमाङले डिबक्स भित्रबाट गरेको पावरफुट सट धरानका गोलकिपरले पन्च गरेर अगाडी फालेको बललाई खडकाले गोलमा परिणत गरेका हो । आजको हार संगै धरानको च्यापियन बन्ने सपना यस पटक पनि तुहिएको छ ।

धरानका प्रशिक्षक सागर घिमिरेले हामीले पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा हार्न पुगेको बताए ।

“पहिलो हाफमा खेलाडीले राम्रो खेले । दोस्रो हाफमा खेलाडीहरु ओभर कन्फिडेन्ट देखिए । जसका कारण गोल संख्या थप्न सकेनौ ।” एपिएफका प्रशिक्षक रत्न काजी मर्हजन भने ।

सहारा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिताको सबै जसो संस्करण हेरेका अमर तमाङले प्रतियोगिता कार्य व्यस्तताले हेर्न जान नपाएको बताए । सहारा क्लबको फुटबल प्रतियोगिता नछुटाई हेर्ने अर्का दर्शक जगदिश गुरुङ सहारा क्लबले समय अनुसार खेलमा स्तर बढाउन नसकेको कारण हेर्न जाने इच्छा नभएको सुनाए ।

अब एपिएफ क्लबले पुस २० गते त्रिभुवन आर्मी र संकटा बीचको पुसको १८ हुने  खेलको

विजेता संग भिड्ने छ । भोलिको खेल मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब बिच रहेको छ । चर्च ब्वाइज युनाइटेड क्लबले नेपाल पुलिस क्लबलाई पुस १५ गते भएको प्रतियोगितामा जितेको टीम हो । मछिन्द्र फुटबल क्लब सिधै क्वाटर फाइनलमा तय गरेको टीम हो

फुटबलमा रौनक देखिएन

२२ औं आहा ! रारा पोखरा गोल्डकप प्रतियोगितको तेस्रो दिन सम्म आई पुग्दा पनि  दर्शकको संख्या खासै बढेको देखिएन । सहारा क्लबले २०५८ साल देखि नियमित फुटबल प्रतियोगिता गर्दे आईरहेको छ  । सहारा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिता हेर्नकै लागि दर्शक तछाड मछाड गरेको देखिन्थ्यो । देश विदेशबाट सेडुल नै बनाएर खेल हेर्न आउथ्यो । रंगशाला भरिभराउ हुन्थ्यो । तर यस पटक दर्शकको उपस्थिीति भने न्युन छ । आज शनिबार दर्शकको उपस्थिीति धेरै हुने अपेक्षा गरे पनि खासै दर्शकको उपस्थिीति देखिएन ।

‘पुस महिनामा धेरै कार्यक्रम जुधेको कारण पनि दर्शकको उपस्थिीति नभएको हो ।’  कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रञ्जितले भने ।

‘प्रतियोगितामा जाडोको कारण पनि दर्शक सोचे अनुुसार नभएको हो । यो भन्दा पहिला पनि पुस महिनामा प्रतियोगिता गर्दा दर्शकको उपस्थिीति कम हुन्थ्यो । ’ मिडिया अफिसर सुर्दशन रञ्जितको बुझाई छ ।

सहारा क्लबका सल्लाहकार टिका बहादुर कार्कीले विश्वकप अत्यन्तै राम्रो भएको कारण पनि दर्शकले हाम्रो लोकल खेलमा इच्छा नदेखाएको हुन सक्ने बताउदै मौसम पनि बाधक बन्न पुगेको उहाँको बुझाई छ ।

ब्राण्डिङ र प्रमोशनको  कमि,टेलिभिजनमा प्रत्यक्ष प्रसारणका कारण पनि दर्शक  कमि भएको हुन सक्ने फुटबल खेलका विज्ञ अभिनभ जोशीको ठम्याई छ ।

प्रचार प्रसारमा चुक्यौ कि ?

सहारा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिताको प्रख्याती देश विदेशमा हुनुको पछाडी मिडियाको ठुलो भुमिका छ भन्ने कुरा स्वंयम सहारा क्लबका पदाधिकारीले पटक पटक भन्दै आईरहेको छ । तर यस पटक मिडियाले त्यो अनुसारको भुमिका खेल्न सकेन कि ?

प्रचार प्रसार समितिका संयोजक दिपेन्द्र श्रेष्ठ यसो भन्नु हुन्छ : तमुको ल्होसार,मौसम र लेक साइडको सडक महोत्सब बाधक बन्यो । जाडो छ मान्छेको मोबिलिटी हुदैन रहेछ । हामीले मिडिया मार्फत हल्ला खल्ला गरेकौ छौ । पत्रकार साथीहरुले लेखेकै छन । एन्फाले समय दियो भन्दैमा लिन हुदैन रहेछ । कुन समय ठिक हुदो रहेछ भन्ने पनि ख्याल गर्नु पर्दो रहेछ । अब केहि दिन अझै बाँकी छ । हेर्दे जाउँ उनले भने ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्