पिएन क्याम्पसकाे अनुमति विना सेती नदी माथि पुल निर्माण थालेपछि विरोध

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

रमेश पौडेल/पाेखरा ।
पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट क्याम्पसको स्वीकृति बिना सेती नदीमाथि पुल निर्माण गर्ने कार्य सुरु हुन थालेपछि क्याम्पसका विद्यार्थी एवं प्राध्यापक आन्दोलित भएका छन् भने क्याम्पस प्रशासनले कडा रुपमा विरोध गरेको छ ।

क्याम्पसले भोगचलन गर्दै आएको कि. नं. ८३३ को झन्डै २२३ रोपनी जग्गामा सो विवाद देखिएको हो । संघिउ सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले पोखरा वडा नं १ र ११ नं जोड्न निर्माण हुन थालेको सो पुलको लागि निर्माणस्थल सम्म सामाग्री पुर्याउन बाटो मागेपछि सो कुरा बाहिर आएको हो ।

यसैबारेमा पृथ्वीनारायण क्याम्पस, पोखराले आज पत्रकार सम्मेलन गरी पुल निर्माण कार्य बन्द गर्न र क्याम्पसको हित विपरित काम नगर्न चुनौती दिएको छ । निर्माणाधिन पुल सो जग्गा भुमाफियाले १ सय ६२ जनाको ३ सय १८ वटा कित्ताकाट भएकोले प्रशासन तर्सिएको हो तर सो कित्ताकाट २०५८ सालमा मालपोत कार्यालयले खारेज गरेको छ ।

क्याम्पस प्रमुख सरोज कोइरालाले भन्नुभयो, सो जग्गा क्याम्पसको भोगचलनमा रहेको र दर्ता प्रकृयामा समेत अगाडी बढेकाले क्याम्पसकै हो । हामी बिकास विरोधी होइनौ, पुल बनाउने हो भने क्याम्पसकै दर्ताभित्रको जग्गाबाट पुल निर्माणका लागि सहमती दिन सकिन्छ ।’

क्याम्पस रहेको जग्गा तत्कालीन समयमा रत्नाखर पराजुलीले १८७७ मा वृता पाएको जग्गा हो । सो जग्गा क्याम्पसको नाउँमा पराजुली परिवारले दिएका थिए । तर जग्गाको मूल्यसँगै महत्व बढ्दै गएपछि २०४५ सालमा सोही परिवारबाट दर्ता छुट भनि कित्ता काट गरेकोमा पछि कुनै प्रमाण नपुग्ने भन्दै विभिन्न अदालतको निर्णयबाट क्याम्पसकै भोगचलन दिने देखिएको छ ।

क्याम्पसले बिकास विरोधी होइन भनिरहदा पोखरा–२० भलाम, ११ फुलबारी र वडा नं १ र ३ का नागरिकले फाइदा पाउनेछन ।

हाल पि.एन क्याम्पसको स्वामित्वमा झन्डै ७ सय १६ रोपनी जग्गा रहेको छ । पुल निर्माणको विरोधमा भन्दा पनि क्याम्पसको नाममा नआएको जग्गा भुमाफियाको चङ्गुलमा पर्छ कि भनेर तर्सिएको बुझिएको छ । २०१७ साल भदौ १७ गते स्थापना भएको सो क्याम्पस गण्डकी प्रदेशको मात्रै नभइै मुलुककै अग्रणी शिक्षणसंस्थाको रुपमा पाईन्छ ।

यस क्याम्पसमा ५ वटा संकायका ३३ वटा विभाग र ३४ बिषयमा झन्डै १५ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्